सोमबार देशभर आंशिकदेखि साधारणतया बदली

  ।   ३१ बैशाख २०८१, सोमबार ०९:३२

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागका थोरै स्थानहरूमा साथै कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू -भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Next Post

वीरेन्द्रनगर बजारमा मृत अवस्थामा एक युवक फेला

३१ बैशाख २०८१, सोमबार ०९:३२
सुर्खेत । वीरेन्द्रनगर बजारमा मृत अवस्थामा एक युवक फेला परेका छन् । जाजरकोट छेडागाड नगरपालिका– ३, घर भई हाल वीरेन्द्रनगर नगरपालिका– ६ पिपल चौतारा बस्दै आएका अन्दाजी २० वर्षका नवीन सिंह मृत भेटिएका हुन् । प्रहरीकाअनुसार डाँडा स्कुलभन्दा पछाडिको झाडीमा उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनको परिवारले […]