सुर्खेत । वीरेन्द्रनगर बजारमा मृत अवस्थामा एक युवक फेला परेका छन् । जाजरकोट छेडागाड नगरपालिका– ३, घर भई हाल वीरेन्द्रनगर नगरपालिका– ६ पिपल चौतारा बस्दै आएका अन्दाजी २० वर्षका नवीन सिंह मृत भेटिएका हुन् ।
प्रहरीकाअनुसार डाँडा स्कुलभन्दा पछाडिको झाडीमा उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनको परिवारले वीरेन्द्रनगरमा होटल संचालन गर्दै आएको छ। उनी घरबाट २८ गते बेलुका निस्केका थिए ।
मृत्युको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।