सामाजिक कार्यमा सक्रिय गोकर्णले जन्मदिनको अवसरमा बाँडे शैक्षिक सामाग्री

  ।   २४ मंसिर २०८१, सोमबार १५:५४

जुम्ला । सामाजिक कार्यमा सक्रिय गोकर्ण सुनारले आफ्नो जन्मदिनको अवसरमा विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु बितरण गरेका छन् ।

जुम्ला सदरमुकामका चार विद्यालय चन्दननाथ मावि,कर्णाली मावि, जनता मावि,रत्नचुडेश्वर माविमा विभिन्न शैक्षिक सामाग्री विद्यार्थी तथा शिक्षकलाई आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरेका हुन ।

उनी चन्दननाथ नगरपालिकाको बाल सञ्जालको अध्यक्ष समेत हुन । बालबालिकाको निम्ति विशेषगरि सक्रिय रुपमा उनले आवाज उठाइरहेका छन् ।

ुजन्मदिन अवसरमामा आधुनिक संस्कृति भित्रिएको र यो विकृतिको रुपमा परिणत भएकोु गोकर्ण भने यस्तै सानो सहयोग गरेर भएपनि समाजमा सकारात्मक सन्देश प्रवाह हुने उनको भनाइ छ ।

Next Post

कालिकोटमा वर्षासँगै हिमपात, कृषक उत्साहित:चिसो बढ्यो

२४ मंसिर २०८१, सोमबार १५:५४
कालिकोट । कालिकोटमा वर्षासँगै हिमपात सुरु भएको छ । मौसम बदली भएर वर्षा सुरु भएसँगै लेकाली भेगमा हिमपात सुरु भएको हो । हिमपात सुरु भएसँगै जिल्लामा चिसो बढेको छ । कर्णाली र सुदूरपश्चिमका केहि जिल्लामा जुम्ला,मुगु, हुम्ला,डोल्पा,बाजुरा लगाएतका जिल्लामा हिमपात भइरहेको छ । कालिकोटको अग्ला भूभागसहित सदरमुकाम मान्ममा समेत हिमपात […]