पूर्वमन्त्री एवं नेकपा नेता प्रेमबहादुर सिंहले निर्वाचन नलड्ने घोषणा

  ।   १४ पुष २०८२, सोमबार ०८:२८

कालिकोट । पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रेमबहादुर सिंहले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। आफूले राजनीति यात्रामा हासिल गरेको अनुभव पार्टी निर्माणमा प्रयोग गर्ने संकल्पसहित उनले निर्वाचनबाट पछि हट्ने निर्णय लिएको बताएका हुन्।

कालिकोट जिल्लाबाट खस(आर्य) समूहअन्तर्गत समानुपातिकतर्फ सर्वसम्मत रूपमा सिफारिस गरिएकोप्रति आभार व्यक्त गर्दै सिंहले पार्टी र कार्यकर्ताले आफूमाथि देखाएको भरोसालाई जिम्मेवारीका रूपमा लिएको उल्लेख गरेका छन्।

“तपाईंहरूले ममाथि गर्नुभएको अपेक्षा र विश्वासलाई मैले प्रेरणाका रूपमा लिएको छु,” उनले भने, “राष्ट्रियसभा, प्रतिनिधिसभा र संविधानसभासहित छ पटक मन्त्री पदको जिम्मेवारी सम्हाली देशको सेवा गरिसकेकाले यसपटक निर्वाचन नलड्ने निर्णय गरेको हुँ।”

अबको आफ्नो भूमिका सक्रिय रूपमा पार्टी संगठन सुदृढीकरण र भावी नेतृत्व निर्माणमा केन्द्रित रहने सिंहले स्पष्ट पारेका छन्।

Next Post

समानुपातिकमा नयाँ अनुहार मात्रै पुराना सांसद–मन्त्रीलाई नेकपाको ‘ब्रेक

१४ पुष २०८२, सोमबार ०८:२८
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीले समानुपातिक प्रतिनिधित्व प्रणालीमा ऐतिहासिक मोड लिँदै यसअघि सांसद वा मन्त्री भइसकेका कुनै पनि नेताको नाम नसमेट्ने निर्णय गरेको छ। पार्टीको यो निर्णयलाई नेतृत्वमा पुस्तान्तरण र राजनीतिक संस्कार सुधारतर्फको साहसी कदम का रूपमा हेरिएको छ। पार्टी शीर्ष नेतृत्वबीच भएको सहमतिअनुसार यसअघि प्रत्यक्ष वा समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभा वा […]

सम्बन्धित शीर्षक