प्रथम कालिकोट महोत्सव आज बद्री पङ्गेनि लगाएतका कलाकारहरुको प्रस्तुुति रहने

  ।   १६ मंसिर २०८१, आईतवार १०:३८

कालिकोट । जारी प्रथम कालिकोट महोत्सव २०८१ आज आइतबार बद्री पङ्गेनि ,धर्मराज न्यौपाने (शिशिर) लगाएतका कलाकारहरुको प्रस्तुुति रहने आयोजकले जनाएको छ ।

तेस्तै देउडा खेल बिहान ११ बजे बिपना भण्डारी, नेत्रराज शाही , पुस्पराज आचार्य , नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्ट लगायत स्थानीय कलाकारहरुको प्रस्तुुति रहने भएको हो ।

उद्योग वाणिज्य संघ कालिकोटले आयोजना गरेको प्रथम कालिकोट महोत्सव २०८१ खाँडाचक्र नगरपालिकाको खुल्ला मञ्चमा सञ्चालन भईरहेको छ ।

महोत्सव अबधि भर कालिकोटमा कुनै शुल्क तिर्न नपर्ने वाणिज्य संघका अध्यक्ष रतन बहादुर शाहीले बताउनुभयो । महोत्सव मङ्सिर १६ गतेसम्म सञ्चालन हुने छ ।

Next Post

आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द

१६ मंसिर २०८१, आईतवार १०:३८
कालीकोट । उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द भएको छ । सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । कालीकोट–जुम्ला सडकअन्तर्गत तिलागुफा नगरपालिका–६ खल्लागाडबाट वडा नं १ नाग्म बजारसम्म १३ घण्टा सडक बन्द हुने भएको हो । तिलागुफा नगरपालिका–४ राँचुलीमा वडाध्यक्षका लागि उपनिर्वाचन हुने […]

सम्बन्धित शीर्षक