समानुपातिकमा नयाँ अनुहार मात्रै पुराना सांसद–मन्त्रीलाई नेकपाको ‘ब्रेक

  ।   १४ पुष २०८२, सोमबार १४:१०

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीले समानुपातिक प्रतिनिधित्व प्रणालीमा ऐतिहासिक मोड लिँदै यसअघि सांसद वा मन्त्री भइसकेका कुनै पनि नेताको नाम नसमेट्ने निर्णय गरेको छ। पार्टीको यो निर्णयलाई नेतृत्वमा पुस्तान्तरण र राजनीतिक संस्कार सुधारतर्फको साहसी कदम का रूपमा हेरिएको छ।

पार्टी शीर्ष नेतृत्वबीच भएको सहमतिअनुसार यसअघि प्रत्यक्ष वा समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभा वा राष्ट्रिय सभामा पुगिसकेका व्यक्तिहरूलाई यसपटक समानुपातिक सूचीमा सिफारिस नगरिने भएको हो। आज समानुपातिकतर्फको बन्द सूची बुझाउने अन्तिम दिन नयाँ अनुहारहरूलाई मात्र अवसर दिने निर्णय गरिएको पार्टी स्रोतले जनाएको छ।

लामो समयदेखि एउटै अनुहार दोहोरिरहँदा कार्यकर्ता र जनतामा निराशा बढ्दै गएको सन्दर्भमा पार्टीको यो निर्णयलाई विश्वास पुनःस्थापना गर्ने प्रयास का रूपमा विश्लेषकहरूले लिएका छन्। साथै, यसले युवाहरू, महिलाहरू, श्रमिक, किसान तथा सीमान्तकृत समुदायका प्रतिनिधिलाई अघि बढाउने अपेक्षा गरिएको छ।

पार्टी नेतृत्वले “राजनीति पेशा होइन, सेवा हो” भन्ने सन्देश दिन खोजेको भन्दै यो निर्णय आगामी निर्वाचनमा मतदातामाझ सकारात्मक प्रभाव पार्न सक्ने विश्वास व्यक्त गरिएको छ।

Next Post

कालिकोटमा हिमालयन लाइफ इन्स्योरेन्सको कार्यालयमा तालाबन्दी, बिमा रकम विवाद चुलियो

१४ पुष २०८२, सोमबार १४:१०
कालिकोट । कालिकोट जिल्लामा अवस्थित हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कार्यालयमा आज तालाबन्दी गरिएको छ। बिमा किस्ता भुक्तानीसम्बन्धी विवाद समाधान नभएपछि सेवाग्राहीहरूले बाध्य भएर कार्यालयमा तालाबन्दी गरेको बताएका छन्। खाँडाचक्र नगरपालिका–२ निवासी बिर्खबहादुर खड्काले २०७९ सालमा जीवन बिमा गरेका थिए। उनले २०८१ सालसम्म नियमित रूपमा किस्ता तिरेको दाबी गर्दै आएका छन्। […]