राप्रपाको युवा आन्दोलन संयोजक पुरीको आग्रह : २६ गते र्‍यालीमा राष्ट्रिय झण्डासहित सहभागी हौँ

  ।   १३ फाल्गुन २०८१, मंगलवार १९:४९

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर विभिन्न विरोधसभा तथा प्रदर्शनहरू गरिरहेको छ। व्यवस्था विरुद्ध जनमत बढ्दै गएको र पछिल्लो समय राजसंस्थाप्रति नेपालीहरू सकारात्मक भएको भन्दै राप्रपाले देशभर आन्दोलनको अहिलान गरिरहेको छ।

राप्रपाको आह्वानमा २६ फागुनमा सुर्खेतको बिरेन्द्रनगरमा बृहत मोटरसाइकलर्‍याली सहित २७ गते विरोधसभा हुँदैछ ।‌

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका कर्णाली प्रदेश संयोजक भरत पुरीले राष्ट्रिय झण्डासहित सबैलाई मोटरसाइकल र्‍यालीमा सबै उपस्थित हुन अपिल गरेका छन् । उनले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै देश गम्भीर संकटमा बस्दै गएको र त्यसलाई संकटमोचन गर्ने दिशामा अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन्।

राप्रपाले कर्णालीमा आन्दोलनको युवा संयोजकमा भरतपुरी र सदस्य सचिवमा प्रेम विसीलाई जिम्मा दिएको छ। उनीहरूको नेतृत्वमा फागुन २६ गते वीरेन्द्रनगरमा विशाल मोटरसाइकल र्‍याली आयोजना हुँदैछ।

त्यस्तै नेपालमा संवैधानिक राजसंस्था पुनर्स्थापना गर्न, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री पद्धति स्थापित गर्न, सनातन हिन्दू राष्ट्र कायम गर्ने प्रदेश खारेजी गर्न सबै युवाहरू जुट्नुपर्नेमा पुरीले जोड दिएका छन्।

देशमा यस्तो संकट हुँदै गर्दा युवाहरूले सोच्ने वेला आएको जतिसक्दो युवा आबद्ध भएर अघि बड्न र युवाको लागि आफ्नो ज्यान नै समर्पण गर्ने बाँचा माणिचन्द्र पाण्डेले दिएका छन् ।

Next Post

नागरिक समाजको अध्यक्षमा कमल शाही

१३ फाल्गुन २०८१, मंगलवार १९:४९
छत्र रोका मगर कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिकाको नागरिक समाजको अध्यक्षमा कमल बहादुर शाहीलाई सर्वसम्मत चयन गरिएको छ । मङ्गलबार एक कार्यक्रमका बीच नागरिक समाजको नयाँ कार्यसमिति गठन गरिएको हो । विगत लामो समयदेखि शुभकालिका गाउँपालिकामा नागरिक समाजले हरेक क्षेत्रमा वकालत गर्दै आइरहेको छ। नागरिक समाजका अध्यक्ष नमराज नेपालीको सभाध्यक्षता, […]