कालिकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय नेताहरू कर्णाली यात्राको मान्म बृहत आमसभामा पुगेका छन् । ‘कर्णालीका कुरा सुन्न र आफ्ना कुरा भन्न’ भन्दै केन्द्रीय नेताहरू कर्णाली यात्रामा कालिकोट जिल्लामा पुगेको केन्द्रीय नेताहरूले बताएका हुन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री कुन्तीकुमारी शाही र प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका नेताहरू मंगलबार सल्लीबजारबाट सुरु गरेको यात्रामा आज कालिकोटको मान्ममा बृहत आमसभामा पुगेका हुन् ।
तेस्तै शुक्रबार कालिकोटको मान्मको प्रतिमा चोकमा कार्यक्रममा भव्य र सव्य भएको पार्टीका नेताहूले बताएका छन् । कर्णाली यात्रामा कर्णालीका मुद्धा लिएर संसदमा उठान हुने गरी कार्यक्रम तयार भएको र यो यात्रा कार्तिक १० गते जुम्ला र ११ गते मुगुमा हुने राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय सह–महामन्त्री एवंम सम्पर्क समाज समन्वय बिभाग प्रमुख धन बहादुर बुढाले बृहत आमसभाको तयारीमा जुटीरहेको बताउनुभयो ।
राप्रपा पार्टी बृहत आमसभा कायक्रम लाईभ पुरा भिडीयो