जुम्ला । स्वास्थ्य सेवा प्रवाहमा पश्चिम नेपालकै भरोसा केन्द्र बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला अध्यापनमा पनि देशकै रोजाईको केन्द्र बन्न थालेको छ । स्थापनाको डेढ दशकमा प्रतिष्ठानले स्वास्थ्य सेवा,अनुसन्धान तथा अध्ययन क्षेत्रमा गरेको उल्लेखीय कामकै कारण चिकित्सा शिक्षा अध्ययनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सबैको रोजाई बन्न थालेको हो ।
जल,जमिन,जडिबुटि,जलविद्युत,पर्यटनको प्रचुर सम्भावनाका बीच पनि जुम्ला विकट क्षेत्रका रुपमा कहलियो । यहाँको विकटता देख्नेहरुले नदेखेको सम्भावना लाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उजागर मात्र गरेको छैन् ।
कुनै समय शवको पोष्टमार्टम गर्न डाक्टर कुर्ने कर्णाली,समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्य कर्णाली अहिले विशषज्ञ डाक्टर उत्पादनको थलो बनेको छ । प्रतिष्ठानको स्थापनापछि कर्णालीका दुरदराज गाउँ बस्ति गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुगेको तथ्यलाई पनि नर्कान सकिदैन् ।
कुनै समय डाक्टर कुर्ने जुम्लाले देशभर डाक्टर पठाएर,मेडिकल काउन्सीलका विभिन्न लाईसेन्स परिक्षामा शत प्रतिशत उर्तिण भएर प्रतिष्ठानले शिक्षा क्षेत्रमा आफ्नो अब्बलता स्थापित गरेकै कारण सुगम क्षेत्र छाडेर डाक्टरी अध्यायन गर्न जुम्ला आउनेको लर्को बढि रहेको छ । जसले गर्दा दुर्गममा स्थापना गरिएको प्रतिष्ठानले आफ्नो औंचित्य पृष्टि समेत गरेको छ ।
यसैबीच कर्णाली प्रतिष्ठानमा संचालित विभिन्न फ्याकल्टीमा नयाँ भर्ना भएका विद्यार्थी जुम्ला आईपुगेका छन् । एमबीबीएस,बीएनएस,बी फार्ममा,बीएसी नर्सिङ,विपीएच लगायत विषय अध्ययन गर्न नयाँ भर्ना भई जुम्लामा हालसम्म १०४ जना विद्यार्थी जुम्ला आईपुगेका छन् ।
चिकित्सा शिक्षा अध्ययनका लागि जुुम्ला पुगेका विद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम। तस्बिरस् कर्णाली मिसन
विहिबार नयाँ भर्ना भएका विद्यार्थी,उनिहरुका अभिभावक तथा प्रतिष्ठानबीच अभिमुखकरण कार्यक्रम गरिएको छ । अभिमुखीकरणमा प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर डबल धामीले कर्णाली प्रतिष्ठानलाई विश्वास गरि अध्यायनको गन्तव्य बनाउन जुम्ला पुगेका देशभरका विद्यार्थीलाई स्वागत गर्दै देशकै अब्बल जनशक्ति बनाएर पठाउने बताए ।
संघिय राजधानी काठमान्डौंको सुविधा सम्पन्न विश्वविद्यालय छोडेर कर्णालीलाई गरेको विश्वासले अध्यायन तथा अनुसन्धानका लागि कर्णाली प्रतिष्ठान थप जिम्मेवारी बोधसंगै गौर्भान्वित महसुश भएको उल्लेख गरे ।
विपिएचमा नयाँ भर्ना भएका जुम्ला कनकासुन्दरी गाउँपालिका(५ का सुरज उपाध्यायले कुनै समय कुम्लो कुटिरो बोकेर काठ्मान्डौ पढ्नु जानू पर्ने अबस्था अन्त्य भएर अहिले काठ्मान्डौबाट भारी बोकी जुम्ला आउनु पर्ने अबस्था बनेकोले खुसी व्यक्त गरे ।
अभिमुखकरण कार्यक्रममा सहभागी अतिथीहरु । तस्बिरस् कर्णाली मिसन ।
गरिबी,अभाव,रोग भागको उपनामले कहलिएको कर्णाली,त्यसमा पनि जुम्ला चिकित्सा शिक्षा अध्ययनको केन्द्र बनेपछि परिबेश फेरिएको छ । उनले भने,’म पहिले कुम्लो बोकेर उच्च शिक्षा पढ्न काठमाडौं गएको थिए अहिले काठमाडौं बाट उच्च शिक्षा पढ्न कुम्लो बोकेर जुम्ला आएको छु । स्वास्थ्य क्षेत्रका भएको उदाहरणिय विकासले यो सम्भव भयो । दुर्गम कर्णाली अब दुर्गम रहेन् । जुम्लामा यस्तो सम्भावना ल्याउनु भएकोमा निकै धन्यबाद । यहाँको शिक्षा गुणस्तर भएको र आफ्नै जन्मभुमिमा पढ्न पाउने भएकोले खुसी छु ।’
एमबीबीएस अध्ययन गर्न जुम्ला पुगेकी रामेछापकी सम्झना मगर,गुल्मीकी चन्द्रकला अर्याल,काठमान्डौकी प्रतिक्षा ज्ञावाली,नवलपरासीका सागर विश्वकर्मा,ललितपुरकी पुष्पा डंगोल लगायतका विद्यार्थीले कर्णाली प्रतिष्ठानको पठन पाठन,व्यवस्थापन लगायतका सबै पक्ष अब्बल लागेर अध्यायनका लागि जुम्ला रोजेको बताएका छन् ।
अभिभावकहरुका तर्फबाट बोल्दै दाङका हुम बहादुर डाँगीले भने,’कर्णालीको विकटता भित्र लुकेका सम्भावना बुझेर मेरी छोरीलाई चिकित्सा शिक्षा पढाउन जुम्ला रोजेको हुँ । म डाक्टर होइन। मलाई सुइ लगाउन आउँदैन। तर, घरमा सुइ लगाउने मान्छे होस् भनेर कर्णाली रोजेको हुँ । देशका सुविधासम्पन्न कलेजमा पनि जान सक्थे । तर सम्भावना र भविष्य कर्णालीमै देखे । हाम्रो आशा र विश्वासलाई प्रतिष्ठानले पूरा गर्ने छ ।’
अभिमुखीरकण कार्यक्रममा सहभागी नयाँ भर्ना भएका विद्यार्थी । तस्बिरस् कर्णाली मिसन ।
प्रतिष्ठानमका विभिन्न फ्याकल्टी तर्फ १०४ जना विद्यार्थी भर्ना भईसकेका छन् । भने आउने क्रम जारी रहेको छ ।
जसमा एमबीबीएस तर्फ–४३ जना,विपिएचमा– १५,बी फारमा तर्फ–१४ जना,बीएचसी नर्सिङ पढ्न–१७ जना,बीएनएस तर्फ–१५ गरि कुल १०४ जना विद्यार्थी देशका विभिन्न जिल्लाबाट जुम्ला पुगेको स्कुल अफ पब्लिक हेल्थ बीपीएच चौथो वर्षका संयोजक उपप्राध्यापक ओप प्रकाश काफ्लेले बताए ।
प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले विद्यार्थीहरूलाई उदेश्य पूरा गर्न दृढ रहन प्रेरित गर्दै भने,’जुन उदेश्यले आउनुभएको छ, सोही अनुसार आनन्दले पढ्नुस्। उदेश्य पूरा गर्नुस्।’
विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले खेलिरहेको भूमिकाबारे प्राध्यापक क्षितिज उपाध्यायले भने,’यहाँको एकजना शिक्षकले चारजना विद्यार्थीलाई दैनिक हेर्न सक्ने वातावरण छ। पढाइ तपाईंहरूले सोचेअनुसारको हुनेछ।’ कर्णाली मिसन