कर्णाली प्रदेश आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस

  ।   २३ जेष्ठ २०८१, बुधबार १८:१०

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेको छ । बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेका हुन् ।

प्रदेश प्रमुख परियारले प्रदेशसभामा पेस गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा कर्णालीको पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । यस्तै, कर्णालीको स्वास्थ्य सेवा सुधार, कृषि तथा पर्यटन पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको प्रदेश प्रमुख परियारले बताए ।

यस्तै, प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट स्रोत सुनिश्चित नभएका तथा सम्भाव्यता अध्ययन नभएका आयोजनाहरू अगाडि नबढाउने नीति लिन लागेको छ ।

पूर्णपाठ;

https://drive.google.com/file/d/1y2nC6Sh2p7BZeUj_JguSYcCfIhj5tZdm/view

Next Post

रुकुमपश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्यु

२३ जेष्ठ २०८१, बुधबार १८:१०
रुकुमपश्चिम । रुकुमपश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ ।रुकुमपश्चिम जिल्लाको त्रिवेणी गाउँपालिका –१० पेउघा घर भई सोही स्थानमा रहेको बाल कल्याण माध्यमिक विद्यालय टोड्केमा कार्यरत शिक्षक भद्रबहादुर खड्काको मृत्यु भएको हो । विद्यालयका प्रधानाध्यापक खम्बबहादुर केसीका अनुसार बुधवार विद्यालयको काम सकेर घर जाँदै गर्दा घर नजिकैको भिरबाट […]

सम्बन्धित शीर्षक