टी–२० विश्वकप अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित

  ।   १३ जेष्ठ २०८१, आईतवार १९:३५

काठमाडौं । टी–२० विश्वकपअघिको अभ्यास खेलमा नेपालले हाउस्टन हरिकेन्सलाई २७ रनले पराजित गर्न सफल भएको छ । अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो जित हो ।

शनिबार भएको खेलमा १ सय २४ रनको लक्ष्य पछ्याएको हरिकेन्सले १८।३ ओभरमा सबै विकेट गुमाएर मात्र ९६ रन बनाउन सक्यो । हरिकेन्सका लागि सुभम रन्जानेले २९ बलमा ३५ रन बनाए भने लाहिरु मिलान्थाले १३ बलमा १६ रन बनाए । नेपालका लागि करन केसीले ३ तथा सोमपाल कामीले २ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २३ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३६ रन बनाए । उनलाई कुशल भुर्तेलले २३ रन बनाउँदै साथ दिए । हरिकेन्सका लागि जस्टिन डिल र रन्जानेले २–२ विकेट लिए ।

यसअघि प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपालले हुरीकेन्सलाई ६ रनले पराजित गरेको थियो । नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रनमा समेटिएको थियो ।

Next Post

नेपालमा २ लाख स्वास्थ्य परीक्षणमा १५ सय बढी एचआईभी सङ्क्रमिण

१३ जेष्ठ २०८१, आईतवार १९:३५
काठमाडौं । नेपालमा १ हजार ५ सय जनाभन्दा बढी एचआईभी सङ्क्रमिण परेका छन् । नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स सङ्क्रमित रहेको पाइएको हो । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसद्का दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा […]