नेपालमा २ लाख स्वास्थ्य परीक्षणमा १५ सय बढी एचआईभी सङ्क्रमिण

  ।   १४ जेष्ठ २०८१, सोमबार १६:२७

काठमाडौं । नेपालमा १ हजार ५ सय जनाभन्दा बढी एचआईभी सङ्क्रमिण परेका छन् । नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स सङ्क्रमित रहेको पाइएको हो ।

अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसद्का दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गरिएको परीक्षणमा १ हजार ५ सय ३६ जनामा एचआईभी पोजेटिभ देखिएको उल्लेख छ । यो चालु आर्थिक वर्षको फागुनसम्मको आँकडा हो ।

सो अवधिमा ३५ हजार ४३ एचआईभी सङ्क्रमितलाई एन्टी रेट्रो भाइरल ट्रिटमेन्ट (एआरटी) केन्द्रबाट औषधि वितरण गरिएको छ । गत आर्थिक वर्षको फागुनसम्म आमाबाट बच्चामा सर्ने एचआईभी रोकथाम (पीएमटी सिटी) कार्यक्रममा आबद्ध ६१ गर्भवती महिलासहित २३ हजार ७ सय ६० सङ्क्रमितलाई एआरटी केन्द्रबाट औषधि वितरण भएको थियो ।

Next Post

गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता

१४ जेष्ठ २०८१, सोमबार १६:२७
काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । उक्त रिटमाथि बुधबारका लागि पेशी तोकिएको छ । ‘विपक्षी उपप्रधान तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्ने र प्राकृतिक न्यायको सिद्धान्त विपरीत समेत रहने स्पष्ट भएको […]