गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता

  ।   १४ जेष्ठ २०८१, सोमबार १६:४५

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । उक्त रिटमाथि बुधबारका लागि पेशी तोकिएको छ ।

‘विपक्षी उपप्रधान तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्ने र प्राकृतिक न्यायको सिद्धान्त विपरीत समेत रहने स्पष्ट भएको हुँदा, अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन’ गर्नका लागि अन्तरिम प्रकृतिको उपयुक्त आदेश माग गरिएको छ ।

सहकारीमा बचत गरिएको रकम हिनामिनामा संलग्न भएको आरोप लागेका मन्त्री लामिछानेलाई महान्यायाधीवक्ताको कार्यालयले ‘क्लिन चिट’ दिएपछि अधिवक्ता अनुपम भट्टराईले त्यसलाई खारेज गर्ने लगायतका मागसहित रिट दर्ता गर्न खोजेका थिए । तर सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो ।

तर सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो ।

Next Post

शुद्धीकरणका क्रममा भएका त्रुटी सच्याउन समाजवादी प्रेस सङ्गठनको आग्रह

१४ जेष्ठ २०८१, सोमबार १६:४५
काठमाडौँ । समाजवादी प्रेस सङ्गठनले सदस्यता शुद्धीकरणका क्रममा भएका त्रुटी सच्याउन नेपाल पत्रकार महासङ्घसमक्ष आग्रह गरेको छ । महासङ्घको गत वैशाख २१–२२ गते काठमाडौँमा सम्पन्न २७औँ महाधिवेशनले निर्देश गरेबमोजिम यही जेठको २६ गते सम्पन्न हुनुपर्ने तीनै तहको निर्वाचनपूर्व प्रकाशित गरिनुपर्ने सूचीमा गम्भीर जालझेल गर्दै गैरपत्रकारलाई निर्णायक मतदाता बनाउने कार्यमा केही […]

सम्बन्धित शीर्षक