विश्वकप लिग-२ मा नेपालले आज क्यानडासँग खेल्दै

  ।   ३१ भाद्र २०८१, सोमबार ०९:५७

काठमाडौँ । विश्वकप लिग-२ मा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे क्यानडाको किङ सिटी मैदानमा खेल शुरु हुनेछ ।

क्यानडामा हुने त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले घरेलु टोलीसहित ओमानसँग दुई(दुई खेल लेख्नेछ । गत फेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको खेलबाट सन् २०२४-२०२६ अन्तिमसम्म चल्ने लिग-२ को शुरुवात भएको थियो । उक्त खेलमा नेपालको प्रदर्शन निराशाजनक थियो ।

चार खेल खेलेको नेपाल २ अंकसहित तालिकाको सातौं स्थानमा छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियासँग २ खेल हारेको थियो भने नेदरल्याण्डसँग एकमा जित र एकमा हार व्यहोरेको थियो । नेदरल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

नेपालले क्यानडासँग दोस्रो खेल असोज ६ गते खेल्नेछ भने ओमानसँग असोज २ र ८ गते खेल्ने छ । ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँग टी २० सिरिज पनि खेल्नेछ ।

Next Post

जुम्लामा प्रेस चौतारी द्वारा पत्रकार महासंघ शाखामा तालाबन्दी

३१ भाद्र २०८१, सोमबार ०९:५७
जुम्ला । नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लामा प्रेस चौतारीद्वारा तालाबन्दी गरिएको छ । सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको नियम बमोजिम काम गरिरहेको, पक्षपाति कार्य गरेको भन्दै तालाबन्दी गरिएको हो । जिल्ला शाखाको निर्णय पत्रकार महासंघ कर्णाली प्रदेश र केन्द्रीय महासंघको विपरित भएकोले पत्रकारितामा कुनै प्रतिबन्ध छैन् । तर […]