जुम्लामा प्रेस चौतारी द्वारा पत्रकार महासंघ शाखामा तालाबन्दी

  ।   १ आश्विन २०८१, मंगलवार १३:०८

जुम्ला । नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लामा प्रेस चौतारीद्वारा तालाबन्दी गरिएको छ । सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको नियम बमोजिम काम गरिरहेको, पक्षपाति कार्य गरेको भन्दै तालाबन्दी गरिएको हो ।

जिल्ला शाखाको निर्णय पत्रकार महासंघ कर्णाली प्रदेश र केन्द्रीय महासंघको विपरित भएकोले पत्रकारितामा कुनै प्रतिबन्ध छैन् । तर गैर(पत्रकारहरूलाई नयाँ सदस्यता तिनीहरूको संघ वा संस्थाको नजिकका व्यक्तिहरूलाई मात्र दिइन्छ र नवीकरणको मुद्दामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ भन्दै प्रेस चौतारी नेपाल जिल्ला शाखाले तालाबन्दी गरेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले भदौ २९ गते सार्वजनिक गरेको मतदाता नामावली प्रति गम्भीर ध्यानाकर्षण भएको र नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण समितिले मापदण्ड विपरीतको सदस्यता निलम्बन गरी निर्वाचनको सूचना जारी गर्ने, सदस्यता शुद्धिकरणको नामसहितको मापदण्ड विपरीत सदस्यको नामावली प्रकाशन गरी तोकिएको समयमा निर्वाचन गराउने निर्णयप्रति कडा आपत्ति रहेको प्रेस चौतारीले जनाएको छ । ।

नेपाल पत्रकार महासंघले जुम्लाका क्रियासिललाई शुद्धीकरण गरी सक्रिय पत्रकारिता गर्दै आएका सदस्यहरूलाई सदस्यता भारवाट वञ्चित गरेकोमा हाम्रो गम्भिर आपत्ति भएको र सच्चा सदस्यता शुद्धीकरण मापदण्ड अनुसार सबै जिल्ला छाडिएका सक्रिय पत्रपत्रिकाको सदस्यता र पत्रकारितामा संलग्न नहुनेहरुको सदस्यता खारेज गर्न महासंघलाई अनुरोध गरिएको छ ।

Next Post

लालुमा संगम सांस्कृतिक गानेचौर घासे मेला उद्घाटन

१ आश्विन २०८१, मंगलवार १३:०८
कालीकोट । नरहरिनाथ गाउँपालिका वडा नं ९ लालुमा संगम सांस्कृतिक गानेचौर घासे मेला उद्वघाटन भएको छ । बिगत लामो समयदेखी  मनाउदै  आएको संगम सांस्कृतिक गानेचौर घासे मेला यस बर्ष पनि स्थानिय जनसमुदायको जनचासो र इच्छालाई मध्यनजर गर्दै मेला वर्षको एकचोटि असोज १ गते देखि ३ गतेसम्म मेला गर्दै आएको नरहरिनाथ […]