स्ववियु द्धारा आयोजित भलिबल खेल प्रतियोगिताको तयारी पुरा

  ।   १५ असार २०८१, शुक्रबार २१:०१

कालिकोट । स्वतन्त्र बिद्यार्थी युनियन तिला कर्णाली क्याम्पस कालिकोटको आयोजनामा भलिबल खेल प्रतियोगिताको तयारी पुरा भएको छ । क्याम्पस तथा पालिका स्तरीय पुरुष खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।

सभापति हिक्मत सिंहका अनुसार छुटेका सहभागी हुन इच्छुक खेलाडीहरुले असार १५ गते बिहान ८ बजे सम्म टिम दर्ता गरेर खेलमा सहभागी हुन सक्ने बताउनुभयो ।

स्ववियु सभापति सिंहका अनुसार १५ गते बिहान १० बजे तिला कर्णाली बहुमुखी क्याम्पसको प्राङ्गण ताडिमा खेलको उद्वघाटन हुने कार्यक्रम रहेको बताउनुभयो ।

सो खेलमा प्रथम पुरस्कार ४० हजार, कप, म्याडल र प्रमाणपत्र, दृतिय पुरस्कार २५ हजार, कप, म्याडल र प्रमाणपत्र , तृतीय पुरस्कार कप, म्याडल र प्रमाणपत्र रहेको खेलमा सहभागी हुन टिम दर्ता शुल्क ४ हजार लाग्ने बताउनुभयो ।

Next Post

प्रेस युनियनद्वारा पत्रकार महासंघ जुम्ला शाखामा तालाबन्दी

१५ असार २०८१, शुक्रबार २१:०१
जुम्ला । नेपाल पत्रकार महासंघ जुम्ला शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ । मतदाता नामावलीमा चलखेल भएको भन्दै प्रेस युनियन जुम्लाका अध्यक्षको नेतृत्वमा पत्रकार महासंघमा तालाबन्दी गरिएको हो । त्यस्तै सोही विषयलाई लिएर शुक्रवार राती १० बजे नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो । केन्द्रीय निर्वाचन […]