जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता

  ।   ४ श्रावण २०८१, शुक्रबार १८:१०

सुर्खेत। जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । जिल्लाको बारेकोट गाउँपालिका –३ बुढागाउँ बस्ने भक्तबहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा स्याली खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।

बिहीबार गाईवस्तु चराउन गएका महेन्द्रलाई स्याली खोलाले बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी  पाण्डेले गाई चराउन जाँदा खोलामा बगेको सूचना प्राप्त लगत्तै प्रहरी घटनास्थलमा पुगेर खोजी कार्य भइरहेको छ । हालसम्म फेला पार्न नसकिएको जानकारी दिएका छन् । अहिले पनि प्रहरी र स्थानीयद्वारा खोजी कार्य भइरहेको जनाइएको छ ।

Next Post

त्रिशूलीमा दुईवटा बस र सवार यात्रुको खोजीमा जुट्यो भारतीय टोली

४ श्रावण २०८१, शुक्रबार १८:१०
चितवन । नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र त्यसमा सवार यात्रुको खोजीमा भारतीय टोली जुटेको छ । भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स ९एनडिआरएफ० को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले रा बताउनुभयो । असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेएको बागमती […]