एमाले कालीकोटको ११ औँ जिल्ला अधिवेशन चैत्र २१ मा हुने

  ।   २१ फाल्गुन २०८०, सोमबार ०८:०९

कालीकोट /- नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) कालीकोटको ११ औँ जिल्ला अधिवेशन चैत्र २१ गते हुने भएको छ । आइतबार बसेको ८ औँ जिल्ला पूर्ण बैठकले चैत्र २१, देखी २३ गते सम्म हुनेगरी जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशनका लागि सबै पालिका र वडाबाट चैत्र १० गते एकैदिन प्रतिनीधि छनोट गर्ने पूर्ण बैठकले निर्णय गरेको छ ।

जिल्लामा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गरेको र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गरिने बबताए । पार्टीले केन्द्रीय सर्कुलर अनुसार जिल्ला मातहत कमिटीलाई सकेकसम्म सर्वसम्वत नेतृत्व चयन गर्न निर्देशन गरेको छ ।

जिल्लाको हकमा अन्यबाट ३५, दलितको हकमा २५ जना र महिला ३३ प्रतिशत अनिवार्य र युवा १५ प्रतिशत अनिवार्य समेट्नु पर्ने पनि जिल्ला कमिटीले निर्णय गरेको हो।

 

Next Post

सङ्घीय संसद प्रतिनिधिसभा बैठक स्थगित

२१ फाल्गुन २०८०, सोमबार ०८:०९
काठमाडौं। सङ्घीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको जानकारी दिएका छन्। प्रतिनिधि सभा बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो । महासचिव पाण्डेयद्वारा जारी सूचनामा विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका […]