कालीकोटमा प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट सुरु, खेलमैदान निर्माणका लागि ३० लाख बजेट

  ।   ८ माघ २०८२, बिहीबार २१:११

कालीकोट। कालीकोट जिल्लामा प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। जिल्ला क्रिकेट सङ्घ कालीकोटको आयोजनामा मान्मस्थित श्री चन्द्रदेव माध्यमिक विद्यालयको खेलमैदानमा उद्घाटन भएको हो ।

उद्घाटन समारोह खाँडाचक्र नगरपालिकाका नगर उपप्रमुख गणेश बहादुर शाहीले गरेका छन ।  उद्घाटन समारोहमा बोल्दै नगर उपप्रमुख शाहीले नगरपालिकाले क्रिकेट खेलको विकासलाई प्राथमिकतामा राखेको बताउँदै हालै क्रिकेट खेलमैदान निर्माणका लागि ३० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो। साथै, उक्त मैदान निर्माणको काम मास्टर प्लानभन्दा अगाडि बढिसकेको उहाँले स्पष्ट पार्नुभयो। यसले जिल्लामा व्यवस्थित खेल संरचना विकासतर्फ महत्वपूर्ण कदम चालिएको संकेत गर्दछ।

जिल्ला क्रिकेट सङ्घ कालीकोटका अध्यक्ष खडक जङ्ग शाहीले भने छनोट प्रतियोगिताका लागि जिल्लाभरबाट ४५ जना खेलाडीले नाम दर्ता गराएका छन्। ती खेलाडीहरूको क्षमताका आधारमा ६ वटा टिम गठन गरी प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा २५ ओभरको खेल ढाँचामा टिमहरूबीच प्रतिस्पर्धा हुने छ ।

कार्यक्रममा नगरपालिकाले आगामी दिनमा पनि क्रिकेटलगायत अन्य खेलकुद गतिविधिमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ। स्थानीय तह, क्रिकेट सङ्घ र खेलाडीहरूको सक्रिय सहभागिताले कालीकोटमा क्रिकेट खेलको भविष्य उज्यालो बन्दै गएको सरोकारवालाहरूको भनाइ छ।

यस प्रतियोगिताले जिल्लाबाट प्रतिभाशाली खेलाडी छनोट भई प्रदेश तथा राष्ट्रिय स्तरमा कालीकोटको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ।

Next Post

कालिकोटमा कांग्रेस नेता भूपेन्द्रजंग शाहीद्वारा उम्मेदवारी फिर्ता

८ माघ २०८२, बिहीबार २१:११
कालिकोट । नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन्। पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका शाहीले आज निर्वाचन आयोगको कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएका हुन्। कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा उभिएका शाहीलाई पन्छाउँदै पार्टी केन्द्रले कालिकोटमा हर्षबहादुर बमलाई टिकट दिएको थियो। […]