अपडेट

डोल्पामा लुकीछिपी जुवातास खेलिरहेका पाँच जना पक्राउ

  ।   १८ असार २०८२, बुधबार १८:३४

डोल्पा । डोल्पामा लुकीछिपी जुवातास खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम दुनैस्थित बी एण्ड बी होटलको तेस्रो तलामा बाजी नै लगाएर जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका डीएसपी रुकबहादुर खड्काले जानकारी दिए। उनका अनुसार यसअघिका घटनामा डोल्पा प्रहरीले जुवातास खेल्ने व्यक्तिहरूलाई पक्राउ गरे पनि मुद्दा नचल्ने अवस्था रहेकोमा यसपटक पहिलो पटक जुवाडेहरूविरुद्ध मुद्दा दर्ताको तयारी गरिएको हो।

जुवाखालबाट नगद एक लाख अठार हजार दुई सय पचहत्तर रुपैयाँ र तासका गड्डीहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले आरोपितहरूले जुवातास खेलेको रकम नगद तथा बैंकमार्फत कारोबार गरेको खुल्न आएको जनाइएको छ ।

Next Post

कालिकोटको तिलागुफामा ‘एक घर, एक चुलो’ कार्यक्रम अन्तर्गत चुलो वितरण

१८ असार २०८२, बुधबार १८:३४
कालिकोट । कालिकोटको तिलागुफा नगरपालिकामा ९ सय २० जना घरपरिवारलाई ‘एक घर, एक चुलो’ कार्यक्रम अन्तर्गत चुलो वितरण गरिएको छ।  तिलागुफा नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा सञ्चालन गरेको हो। सो कार्यक्रम नगरपालिकाको वडा नं. ९, १० र ११ मा धुवाँरहित र वातावरणमैत्री चुलो वितरण गरी गाउँघरमा स्वच्छ ऊर्जा प्रयोगलाई […]