कालिकोट । दिर्घ बहादुर शाहीको ` डोक्का घरे´को कविता पत्थर संग आशिर्वाद माग्छ !!
हातमा दियो बोकेर
तद्धिसेक अक्षता समाती
टिपेर चिउरी फुलहरु
सखारै आशिर्वाद लिन मन्दिर सम्म पुगे
बाह्रमास हिउँदका चिसा तुष ओडेर
कठाङ्गरिदो अस्थिपन्जर
बामे सार्दै
पत्थर संग बिन्ती चढाउछ
आत्माको कुनामा बसेका बिलौना रहरहरु
इन्देणीको रङ्गिन हाँसो देख्दा
बिलौना रहरहरुले
अनगिन्ती चाहानाको भारी बोकेर
पसिना संग मितेरी गास्दै
सुमधुर भजन गाउछन
पत्थर संग अंकमाल गरेर
छेउमा उभिएको साक्षीलाई हेर्दै
दिनभर प्रार्थना गरे
अनि
बिलौना रहरहरु
पत्थरको न्यायाधीश संग
आत्मा सन्तुष्टिका निम्ति
आशिर्वादको इजलासमा
न्यायको बयान दिएर
इश्वरलाई पुकार गर्दै
सुस्केरा संगको सहयात्रामा
जीवनको ज्योति फिजाउने
पशुपति सम्म पुगे
शान्तिको सबग दिने
लुम्बिनी पनि नपुगेको होइन
सम्बन्धहरु प्रगाढ गर्न
समर्पणको सुपारी बाड्ने
जानकीको मण्डपमा
स्वाभिमानको धरहरा भएर
आशिर्वादको रित्तो झोला बोकी
पत्थरको न्यायाधीश सामु
बिलौना रहरहरुको आशिर्वाद माग्न
बारम्बार बयान सुनाउदै रहे।।
दिर्घ बहादुर शाहि
खाँडाचक्र नगरपालिका, कालिकोट







