अपडेट

अछामका दुई जना किशोरीको शंकास्पद मृत्युको घटनामा थप दुई जना पक्राउ

  ।   १४ माघ २०८१, सोमबार २०:१९

अछाम ।  अछाममा दुई जना किशोरीको शंकास्पद मृत्युको घटनामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो ढकारी गाउँपालिका-८ का ढकारीकै थप दुई जनालाई पक्राउ गरिएको हो ।

अछाम प्रहरीका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याईएको छ । ढकारी गाउँपालिका-८ कै एक किशोरीले शुक्रबार दिउँसो २ बजेतिर दुई किशोरीको शव भेटिएको ठाउँको पारिपट्टि डाँडाबाट ५ जनाले ढुंगा खसाल्दै गरेको देखेको भनेपछि अनुसन्धान त्यसतर्फसमेत मोडिएको प्रहरीको भनाइ छ । १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको शव १५ मिटरको दूरीमा रहेको थियो ।

प्रहरीका अनुसार यसअघि प्रहरीले नियन्त्रणमा लिएका दुई जनाले हत्यामा आफू संगलग्न भएको संकेत गरेपछि प्रहरीले अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै लगेको छ ।

घटनास्थलबाट करिब ५ सय मिटरमाथि रगतसमेत देखिएको स्थानीयले प्रहरीलाई जानकारी गराएका छन् । दुवै किशोरीको शवको नेपालगन्जमा पोस्टमार्टम गरिसकिएको आफन्त रमेश भण्डारीले बताए । यस घटनामा अछाम प्रहरीले अहिलेसम्म चार जनालाई नियन्त्रणमा लिइसकेको छ ।

Next Post

प्रेस सेन्टरको २१औं स्थापना दिवसको अवसरमा फलफूल वितरण

१४ माघ २०८१, सोमबार २०:१९
जुम्ला । प्रेस सेन्टरको एक्काइसौं स्थापना दिवसको अवसरमा कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा फलफूल वितरण गरिएको छ । प्रेस सेन्टर जुम्ला शाखाले एक्काइसौं प्रेस सेन्टरको स्थापना दिवसको अवसरमा कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको सुत्केरी वार्डका सुत्केरीहरुलाई फलफूल वितरण गरिएको हो । उक्त वितरण कार्यक्रममा बोल्दै प्रेस सेन्टर जुम्लाका अध्यक्ष मानबहादुर कुँवरले एक्काइसौं […]