सानीभेरीमा ईभीको ठक्कर: आमाछोरीको ज्यान गयो

  ।   ७ भाद्र २०८३, आईतवार ११:२५

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तमा विद्युतीय गाडी (ईभी)को ठक्करबाट आमाछोरीको मृत्यु भएको छ।

आइतबार मध्यपहाडी लोकमार्गमा बाटो काट्ने क्रममा ईभीले ठक्कर दिँदा स्थानीय २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवाली गम्भीर घाइते भएका थिए।

दुर्घटनापछि आमाछोरीलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो। तर, अस्पताल पुर्‍याएपछि उपचारकै क्रममा बिहान ९ः३० बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनामा संलग्न ईभी चालक २२ वर्षीय अम्मर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Next Post

ताँजाकोट गाउँपालिका कार्यालयमा मध्यराति आगलागी

७ भाद्र २०८३, आईतवार ११:२५
हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा गएराति करिब पौने २ बजेको समयमा आगलागी भएको छ। आगलागीबाट गाउँपालिका कार्यालयमा ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। आगलागी भएको जानकारी प्राप्त हुनासाथ स्थानीय नागरिक तथा प्रहरी प्रशासनको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको स्थानीय व्यवसायी नरवीर थापाले जानकारी दिए। उनका अनुसार गाउँपालिका […]