गर्मीसँगै पानी पर्ने सिजनमा देखिने घातक रोग र बच्ने उपाय

  ।   १ श्रावण २०८१, मंगलवार १०:०५

काठमाडौं । अहिले बर्षातको मौसम भएकाले कति बेला पानी पर्छ । कति बेला घाम लाग्छ यकिन गर्न कठिन छ । घाम लाग्दा लाग्दै पनि पानी परेर भिजाउँछ । धेरै जना यो पानीमा भिज्नु हुन्छ, एक छिन त आनन्द हुन्छ । तर, आनन्द केही समयमा नै पीडामा बदलिन सक्छ। यो परिवर्तन भइरहेको मौसमले हाम्रो स्वास्थ्यलाई नकारात्मक असर पुर्‍याइरहेको चिकित्सकहरु बताउँछन् ।

अहिले गर्मीसँगै पानी पर्ने सिजनमा धेरै प्रकारका रोगहरु देखा पर्छन् । विशेष गरी यो मौसममा संक्रमण हुने खालका रोग बढ्ने गरेको चिकित्सकहरु बताउँछन् । जसमा, भाइरल फ्लु (रुघाखोकी लाग्ने, ज्वरो आउने) समस्या देखिन सक्छन् । यो समयमा इन्फुलुएन्जा, झाडापखाला, हैजा, टाइफाइड जस्ता रोग लाग्न सक्छन् ।

यस्ता रोगबाट बच्ने घरायसी उपायहरु
– झाडापखाला हुँदा हाम्रो शरीरमा भएको पानी र पोटासियम कम हुने गर्छ र डिहाइड्रेसन हुने गर्छ। डिहाइड्रेसन हुँदा हाम्रो शरीरबाट गएको पानी फिर्ता ल्याउनु पर्छ त्यसैले घरमा धेरै मात्रामा जीवनजल पानी बनाएर पिउनाले शरीरमा पानीको कमी हुन पाउँदैन ।

– प्रशस्त मात्रामा झोल पदार्थ पिउने।

– तर, निरन्तर पातलो दिशा लागिरहेको छ, बिरामी सिकिस्त हुँदै गइरहेको छ भने तुरुन्तै स्वास्थ्य चौकी जानुपर्छ ।

– फलफूल, सागपात, गेडागुडी, माछा मासु, दूध खाने ।

– यो गर्मी मौसममा खाना खाँदा सफा खानुपर्छ र खानेकुरा राम्रोसँग पकाएर मात्रै खानुपर्छ। बाहिर खुलारुपमा राखेका खानेकुरा खानु हुँदैन ।

– बाहिरबाट ल्याएको फलफूल तरकारी राम्ररी पखालेर मात्र खाने ।

– कुनै तरकारी तथा फलफूल सिजन सुरु हुनु भन्दा अगाडि नै बजारमा आएका छन् भने केमिकल मिसाएर पकाइएका हुन सक्छन् । राम्ररी पाकेको फलफूल हेरेर थाहा पाउन सकिन्छ ।

– बेमौसमी तरकारी र फलफूल सकेसम्म खानु हुँदैन । त्यसमा धेरै केमिकल राखिएको हुन्छ। केमिकल हालेर पकाएको फलफूल हेर्दा हरियो देखिने हुन्छ। यस्ता खानेकुरा किनिसकेपछि हामीले केही समय पानीमा राखेर राम्ररी पखालेर खान सकिन्छ।

यस्ता रोगबाट बच्ने उपायहरु
हामीले गर्मीयाम सुरु भएसँगै विभिन्न संक्रामक रोग फैलिने भएकाले विशेष सावधानी अपनाउनुपर्छ। आफ्नो सरसफाइमा विशेष ध्यान दिनुपर्छ। सकेसम्म घर बाहिरका खानेकुरा नखाने, पानी उमालेर मात्रै पिउने, काँचै खाने फलफूल सकेसम्म नखाने खानै परे राम्रोसँग सफा गरेर मात्रै खाने, गर्नुपर्दछ ।घर वरिपरिको वातावरण स्वच्छ र सफा राख्नुपर्छ । साथै खानपानमा विशेष ध्यान दिन सकियो भने समस्या आउन पाउँदैन।

Next Post

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ

१ श्रावण २०८१, मंगलवार १०:०५
सुर्खेत। अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ढुङ्गा झरेर सडक अवरुद्ध भएको थियो । वर्षाका कारण आज बिहानदेखि सडक अवरुद्ध भएको सडक मेसिन परिचालन गरी सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जानकारी दिए […]