कर्णाली याक्सले चितवन राइनोजमाथि रोमाञ्चक जित

  ।   २१ मंसिर २०८१, शुक्रबार १६:२८

काठमाडौँ । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजमाथि रोमाञ्चक जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हरायो ।

जितका लागि एक सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले १९।५ ओभरमा चार विकेटको क्षतिमा एक सय ३२ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

कर्णालीका लागि भारतीय क्रिकेटर शिखर धवनले ४५ रन बनाए । उनले ४१ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाए ।

यस्तै चाडविक वाल्टनले ३० र देव खनालले २९ रन बनाए । जिसन मक्सुदले अविजित १२ र अर्जुन घर्तीले ११ रन बनाए । बलिङमा चितवनका कुशल मल्ल, रवि बोपरा र जान निकोल लफ्टी–इटनले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनाएको थियो ।

चितवनका लागि बोपाराले ४० बलमा सात चौका र एक छक्काको सहयोगमा ५९ रन बनाए । कप्तान कुल मल्लले २३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिए । जिसम मक्सुदले दुई तथा सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिए । लिगमा तीन खेल सकेको कर्णालीको यो पहिलो जित हो ।

यसअघि कर्णाली जनकपुर बोल्ट्ससँग आठ र काठमाडौँ गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो । तीन खेलका पहिलो हार खेपेको चितवनले यसअघि पोखरा एभेन्जर्सलाई ८७ रन र काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको थियो ।

Next Post

कर्णालीका विकासे योजना बाँडिखाने प्रवृत्ति अन्त्य गरिने मुख्यमन्त्री कँडेल

२१ मंसिर २०८१, शुक्रबार १६:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कुनै पनि सरकारी विकासे योजना बाँडिखाने प्रवृत्ति सदाका लागि अन्त्य गरिने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहिवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको सार्वजनिक सेवा प्रवाह एवम् विविध विषय छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले सत्ता साझेदार दल बद्लिए पनि विकासे योजना नबद्लिने बताउनुभयो। […]