कालिकोटको पलाँतामा बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु

  ।   २५ कार्तिक २०८१, आईतवार १७:१४
फाईल तस्बिर

कालिकोट । पलाता गाउँपालिका राराढुनेटामा बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ । जिप दुर्घटनामा २० जना सवार मध्य १४ जना घाइते भएका छन् ।

खिनदेखी थिर्पुका लागी छुटेको पलाँता गाउँपालिका -३ राढुनेटामा क १ ज ५६ नम्बर बलेरो जीप आज दिउँसो दुर्घटना भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेमा जगवीरे सुनार, भगवती रोकाय, कुशुमकला शाही, पदम बम र दमन रोकाय रहेका छन् । मृतक एक जनाको पहिचान खुलिसकेको छैन । जिप आज दिउँसो करिब २ बजेर ३१ मिनेटमा राडुकाप्ने खोलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेको हेलीकप्टर मार्फत उद्धार गर्नका लागि सुर्खेत देखि हेलिकप्टर मार्फत उद्धार गरी प्रदेश अस्पताल लगिदै प्रमुख जिल्ला अधिकारी नारायाण प्रसाद भटट्राईले बताउनुभयो ।  उद्धारमा प्रहरी र स्थानिय जुटेको जनाइएको छ । बोलेरो जिप गाडि सढक भन्दा ३ सय मिटर तल खसेको प्रहरीको भनाई छ ।

Next Post

पलतामा ओभर लोड यात्रु जिव दुर्घटनामा परि ७ जनाको मृत्यु , १२ जना घाइते

२५ कार्तिक २०८१, आईतवार १७:१४
कालीकोट । कालीकोटको पलतामा यात्रु बोकेको बोलेरो आइतबार दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ६ जनाको घटनास्थलमै र एक जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । १२ जना घाइते छन् । आइतबार दिउसो २ बजेर ५० मिनेटमा पलाता गाउँपालिका–३ राडुनेटामा बोलेरो जिव दुर्घटना भएको हो ।दुर्घटना परेको बोलेरो खिनबाट […]