सुर्खेत । बुधबार सल्यानमा भएको बस दुर्घटनामा परी घाइते भएका एकजनाको मृत्यु भएको छ । दुर्घटनाका घाइते भएका तुलसीपुर उपमहानगरपालिका–४ निवासी ४६ वर्षीय विकको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो ।
बस दुर्घटनामा २२ जना घाइते भएका थिए । २२ जना मध्ये गम्भीर घाइते चारलाई कोहलपुर अस्पताल पठाइएको थियो । अरु घाइतेको दाङमा उपचार भइरहेको छ ।
दुर्घटनामा परी गम्भीर घाइते रहेका तीनजना यात्रुको हाल शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय सल्यालले बताएको छ । सामान्य घाइते भएका अधिकांश उपचारपछि घर फर्किसकेका छन् ।