कालिकोट । नेकपा (एकीकृत समाजवादी) पार्टी कालिकोटको १० औं जिल्ला अधिवेशनकोबाट अध्यक्षमा चित्र सिंह गाउँले सर्वसम्मत चयन भएका छन । शनिवार उद्घाटन भएको अधिवेशनको बन्दसत्र आइतबार विहान सुरु भएको हो ।
जिल्ला अधिवेशनले गाउँलेको नेतृत्वमा ५३ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । उपाध्यक्षमा चन्द्रबहादुर शाहि सचिवमा कृष्णकला पाण्डे, उपसचिवमा रत्न बहादुर मल्ल , धीरबहादुर शाही र मनसिंह धामीलाई चयन गरिएको छ ।
जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेको सभाध्यक्षता बन्द सत्रमा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री प्रकाश ज्याला, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाही विशेष अतिथि , केन्द्रिय सदस्यहरु कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र पुरी ,प्रदेश सचीव धिर बहादुर बिष्ट लगाएत प्रदेश सदस्यहरुको सहभागीतामा बन्दसत्र समापन भएको छ ।