कालीकोट । शुभकालिका गाउँपालिका वडा नं ५ का वडा अध्यक्षले विद्यालय अनुगमन गरेका छन ।
गाउँपालिका वडा नं ५ को अधिकारी बाडामा पर्ने श्री सरस्वति आधारभूत विद्यालयमा शिक्षक विद्यालय आउने गरेपनि विद्यार्थी विद्यालयमा नआउने गरेको भटिएको छ ।
मङ्गलबार वडा अध्यक्ष मिम बहादुर शाही लगाएतको टोलिले विद्यालय गई अनुगमन गरेका हुन । अधिकारी टोलका स्थानियहरुले वडा कार्यालयमा उक्त विद्यालयमा शिक्षकहरु नआउने गरेको गुनासो गरेपछि अध्यक्ष शाही सहितको टोली आज अनुगमनमा गएको हो ।
वडा अध्यक्ष शाहिका अनुसार अनुगमनका क्रमा एक जना शिक्षीका मात्र विद्यालयमा भेटिनु भएको हो । अनुगमन टोलीले प्रश्न गरे विद्यार्थि खैत उक्त शिक्षीकाले भन्नुभयो विद्यार्थि त दुई दिन भो आएका छैन् कहाँ गए किन आएन् खै शिक्षीकाले भन्नु भयो । उक्त विद्यालय लाई हेर्ने हो भने भवन मात्र खाली देखिन्छ, घनाह जङ्गलको छेउमा रहेको विद्यालयमा नत त्यहाँ शिक्षक जान्छन् नत विद्यार्थी नै खाली चिटिक्क भवन मात्र सजिएको छ ।
उक्त विद्यालयमा बालविकास केन्द्र ईसिडिमा ८ जना विद्यार्थी रहेका छन् भने कक्षा १ मा एक जान विद्यार्थी कक्षा २ मा विद्यार्थी नै भर्ना भएको छैन् र कक्षा ३ मा तिन जाना गरी जम्मा १२ जना विद्यार्थी मात्र विद्यालयमा रहेको शिक्षीका शान्ती कुमारी शाहीले बताउनु भयो । विद्यालयमा जम्मा ३ जना शिक्षक र कार्यलय सहयोगी गरी जम्मा ४ जना रहेका छन् ।
एक स्थानिय सदानन्द अधिकारीका अनुसार उक्त विद्यालयमा बालबालिका विद्यालय नआउने र भएका विद्यार्थी पनि सुर्खेत लगाएतका सहरमा अभिभावले पठाउने गरेको सुनाए , विद्यालय भएर के गर्ने खासै यसको आवश्यक नरहेको अधिकारीको भनाई छ ।
सो विद्यालयका प्रअ कन्नखर जैसी संग बुझदाँ गाउँका विद्यार्थी राराकाँटीया , नौनेलदेव लागाएतका विद्यालय जाने गरेको र ५ ,६ जना विद्यार्थी विद्यालय आउने गरेको जैसीले बताउनुभयो । गाउँमा विद्यार्थी छैनन भएका विद्यार्थी पनि अन्य ठाउमा भर्ना गरेका छन् जैसीले गुनासो गर्नुभयो । मैले यस विषयमा शिक्षा शाखा लाइ गुनासो गरेको समेत बताउनुभयो ।
हामीले यस विषयमा शिक्षा शाखाले कसरी उक्त विद्यालय लाई बुझेको छ भनि शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नवराज आचार्यलाई बुझदा आफूले धेरै पटक विद्यालयको बारेमा कुरा उठाएको र शिक्षा शाखा बाट एक जना लाई कुलदेव आधार भूत विद्यालय र एक जना नौनेलदेव आधार भूत विद्यालयमा पठाउने गरी शिक्षा समिती मार्फत निर्णय गरी कार्यपालिकामा पठाएको र कार्यपालिकाबाट केहीदिन बिचार गरीने भनि रोकीको बताउनुभयो । आचार्यले भन्नुभयो त्यहाँ मात्र नभई अन्य ठाउँका विद्यालयमा पनि त्यस्ता खालका समस्या रहेको बताउनुुुभयो । आचार्यका अनुसार तत्काल अब सो विद्यालयमा ईसीडि मात्र रहने र आगामी दिनमा आवश्यक परेमापुन पुन विद्यालय सञ्चालन गर्न सकिने गरी निर्णय गर्ने बताउनुभयो ।
यस्तै अनुगमनमा जानुभएका वडा अध्यक्ष शाहीले अब छिटो गाउँ भेला बोलाउने र छलफल गरी कस्को कमजोरी हो बैठक बसी कारबाही गर्ने समेत बताउनु भएको छ । उक्त बैठक बाट अधिकारी टोलमा विद्यालयको आवश्यक छ वा छैनभनी निर्णय गर्ने विद्यार्थीलाई नियमितता कसरीगर्ने लगाएतका विषयमा छलफल गर्ने शाहीले भन्नु भयो , हामी याहाँ आउदाँ त नत शिक्षक छन् नत विद्यार्थी विद्यालयको शिक्षा अवस्था नाजुक छ शाहीले भन्नु भयो । आधारभूत विद्यालयले शिक्षा प्रदान गर्ने क्रममा केही मुख्य काम र कर्तव्यहरू निर्वाह गर्नुपर्ने हुन्छ । यी काम र कर्तव्य शिक्षाको गुणस्तर सुधार गर्ने र विद्यार्थीहरूको समग्र विकास सुनिश्चित गर्ने उद्देश्यले गरिन्छ । आधारभूत विद्यालयले गर्ने प्रमुख काम सो विद्यालयलेगरेको देखीदैन ।