कालिकोट । गएराति परेको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग सुचारु भएको छ । सुर्खेत –जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरल वर्षाले कालिकोट जिल्लाको यास मोड नजिक र गगनेखोलामा लेदो सहीत आएको पहिरोले बुधबार बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको थियो ।
सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीर बहादुर जिटीका अनुसार यास मोड नजिक र गगनेखोलामा लेदो सहीत आएको पहिरोले बन्द भएका सडक एकतर्फी रुपमा सुचारु भएको बताउनुभयो ।
विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ। यी जोखिम ठाउँहरूमा सडकको स्तरउन्नती सम्बन्धी निकायको ध्यान जान नसक्दा वर्षेदेखि कर्णालीका आम नागरिकले दुख पाउने गरेका छन् ।
अहिले सडक खुलेपछि लामो तथा छोटो दुरीका साना गाडी गन्तव्यतर्फ जान सुरु गरेका छन्। मालवाहक गाडी सञ्चालनका लागि सडक फराकिलो पार्ने काम जारी छ।