लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु

  ।   २२ श्रावण २०८१, मंगलवार ११:५७

काठमाडौं । डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका अनुसार यस वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको हो ।

७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । सबैभन्दा बढी सङ्क्रमित काठमाडौंमा छन् । काठमाडौं जिल्लामा मात्र २ सय ८७ जनामा संक्रमण देखिएको छ ।

काठमाडौँ उपत्यकाका ३ सय ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका २८७, भक्तपुरका ४२ र ललितपुरका ३१ जनामा डेंगु पुष्टि भएको हो । देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु फैलिएको छ । देशभर २ हजार ३ सय ६५ जना सङ्क्रमितमध्ये तीन सय ६० जना काठमाडौँ उपत्यकामा फेला परेका हुन् । डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् ।

देशभर ७७ मध्ये चार जिल्ला मात्र डेंगुबाट सुरक्षित छन् । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको इडीसीडीले जनाइएको छ ।

Next Post

जाजरकोटमा जिप दुर्घटना एक जनाको मृत्यु अन्य १४ जना घाइते

२२ श्रावण २०८१, मंगलवार ११:५७
सुर्खेत । जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । मंगलबार खंलगादेखि भेरी नगरपालिका( ६ नेटा बजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा भेरी नगरपालिका(६, गंगटियाका ३४ वर्षीय चालक […]