कालिकोट । जुम्ला, मुगु लगायत हिमाली ठाँउका किसान हाल काली, मन्सुरि, मार्सी लगाएतका धान रोपाइँमा व्यस्त छन् । मार्सी जुम्लाका आठ स्थानिय तहमा बढि मात्रमा उत्पादन हुने गरेको छ ।
मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ७ स्थानीयवासी सान्ति मल्ल शाहीका अनुसार मुगु जिल्लामा जेठबाट सुरु भएको मन्सुरि, मार्सीको धान धमा धम रोपाइँ भईरहेको छ । तातोपानी गाउँपालिकाका स्थानीयवासी लक्ष्मी कार्कीका अनुसार जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर मार्सीको रोपाइँ हुने गरेको छ । केही समय यता मार्सी चामलको माग बढेपछि किसान उत्साहित भएर यसको खेतीमा लागेका छन् ।
जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि यसको खेती बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातो मार्सी रोपाइँ सकिएको गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताए ।