भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्यु को नयाँ ट्रेलर सार्वजनिक

  ।   १३ जेष्ठ २०८१, आईतवार १८:०६

काठमाडौं । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्यु को नयाँ ट्रेलर सार्वजनिक भएको छ ।

‘आचार्युको ट्रेलर रिलिज ,सौगात ,दयाहाङ देखि विपिन कार्की सम्म ट्रेलर देखिन्छ ।

सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ ।

१३ बर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्य प्रति श्रद्धाञ्जली भन्दै सिल्क रोड पिक्चर्सले आउँने असार ७ गते देखि फिल्मको पुन स् प्रर्दशन गर्न लागेको हो । यसपटक प्रदर्शन गर्ने सिनेमामा भक्तराजको निधन पश्चताका दृश्यहरू पनि थपिएको छ ।

चलचित्रमा भक्तराजको भूमिकामा जेठा छोरा गायक सत्यराज आचार्यले अभिनय गरेका छन । उनले यो फिल्ममा भक्तराजको छायाँलाई समेत दुरुस्तै उतारेका छन । ट्रेलरमा अरुणा कार्की भक्तराजको श्रीमती भएर खेलेकी छिन भने सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई , विपिन कार्की जस्ता अहिलेका सुपरस्टारहरुलाई समेत देख्न सकिन्छ ।

रोशन राई निर्माता रहेको फिल्मलाइ प्रशान्त रसाईलीको निर्देशन बनेको हो। फिल्मलाइ देवजंग थापाले पुन सम्पादन गरेका हुन् ।

Next Post

टी–२० विश्वकप अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित

१३ जेष्ठ २०८१, आईतवार १८:०६
काठमाडौं । टी–२० विश्वकपअघिको अभ्यास खेलमा नेपालले हाउस्टन हरिकेन्सलाई २७ रनले पराजित गर्न सफल भएको छ । अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो जित हो । शनिबार भएको खेलमा १ सय २४ रनको लक्ष्य पछ्याएको हरिकेन्सले १८।३ ओभरमा सबै विकेट गुमाएर मात्र ९६ रन बनाउन सक्यो । हरिकेन्सका लागि सुभम […]