पत्रकार महासंघको २७ औं अधिवेशन प्रधानमन्त्री ‘प्रचण्ड’द्धारा उद्घाटन

  ।   २१ बैशाख २०८१, शुक्रबार १३:२८

काठमाडौं । नेपाल पत्रकार महासंघको २७ औं अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन्।

अधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी छन्। यसअघि विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आजै बिहान महासंघको अगुवाइमा प्रभातफेरी आयोजना गरिएको छ।

महासंघको २७औं अधिवेशन समेतका अवसरमा आयोजित प्रभातफेरी रत्नपार्क शान्तिबाटिकाबाट सुरु भई भृकुटीमण्डपस्थित अधिवेशनस्थल राष्ट्रिय सभागृहमा पुगेर समापन गरिएको थियो।

प्रभातफेरीमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न सञ्चारगृहमा आबद्ध पत्रकारहरूको सहभागिता थियो।

प्रभातफेरीमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संघठन नेपाललगायत संघसंघठनका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो।

Next Post

आफ्नै श्रीमतीको हत्या गरि श्रीमान फरार

२१ बैशाख २०८१, शुक्रबार १३:२८
काठमाडौं । मोरङको आफ्नै श्रीमतीको हत्या गरि श्रीमान फरार भएका छन । सुन्दरहरैँचा नगरपालिका वडा नं ५ स्थित गोर्खाली टोलमा ४५ वर्षिय मनमाया तामाङ आफ्नै घरभित्र मृत अवस्था फेला परेकि हुन । वडा सदस्य घनश्याम घले गुरुङका अनुसार सुचना प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेज दाहालको नेतृत्वले […]