पलाँतामा सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार

  ।   २४ माघ २०८१, बिहीबार २०:४६

कालीकोट । पलाँतामा सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ। सुत्केरी हुन नसकेर थला परेकी पलाँता गाँउपालिक – ७ कि केस्पुरा बमलाई प्रदेश अस्पताल सुर्खेतमा हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय कालिकोट का प्रमुख डा. भिष्मप्रसाद पोख्ररेलका अनुसार व्यथा लागेको दुई दिनसम्म बच्चा जन्माउन नसकेपछि सुर्खेत पठाइएको बताउनुभयो ।स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि थप उपचारका लागि उहालाई हेलिकप्टर मार्फत सुर्खेत पठाइएको बताउनुभयो ।

स्थानीय  पलाँता वडा नं. ७ का रबिन्द्र शाहिले  यातायातको सेवा सुविधा नुहुँदा सुत्केरी  जटिल बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको र गाउँबाट सडकमा पुग्न ४ घण्टा लाग्ने भएकाले बिरामीको ज्यान जाने सक्ने उद्धार पछि खतरा मुक्त हुने आस पलाएको उनको भनाइ छ।

Next Post

शुभकालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

२४ माघ २०८१, बिहीबार २०:४६
कालिकोट । स्वास्थ्य शिक्षा उत्पादन र आपूर्ति ,रोजगारी,जीविका ,पूर्वाधार र समृद्धि ’’ भन्ने मुल नाराका साथ सनिवार अर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई गरिएको छ । शुभकालिका गाउँपालिका सुकाटिया कालीकोटको आयोजना र रेडियो शुभकालिका एफ।एम ९९.१ मेगाहर्ज कालीकोटको समन्वयमा उक्त कार्यक्रम गरिएको हो । शुभकालिका गाउँपालिकाका […]