श्रीमान द्वारा श्रीमतीको हत्या

  ।   ३ पुष २०८१, बुधबार २१:१७

दाङ । सामान्य विवादमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।दाङ्को तुलसीपुर उपमहानगरपालिका २ भम्के निवासी अन्दाजी २९ वर्षिय चित्र बहादुर बुढाथोकीले अन्दाजी ३२ बर्षीया हस्ति कुमारी बुढाथोकीको हत्या गरेका हुन् ।

सामान्य विवादमा बुधबार बिहान १० बजेतिर चित्र बहादुरले श्रीमतीलाई दाउराले टाउकोमा हिर्काउँदा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रवक्ता प्रकाश थापाले जानकारी दिनुभएको छ ।

श्रीमतीको मृत्यु भएपछि फरार रहेका चित्र बहादुरलाई तुलसीपुर ७ स्थित कारागार नजिकैबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Next Post

जनकपुरले कर्णालीलाई हराउँदै फाइनलमा प्रवेश

३ पुष २०८१, बुधबार २१:१७
काठमाडौँ । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई दुई विकेट हराउँदै फाइनलमा स्थान बनाएको हो । जितका लागि एक सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य […]

सम्बन्धित शीर्षक