प्रथम कालिकोट महोत्सव ६ दिन निशुल्क गरेर समापन

  ।   १६ मंसिर २०८१, आईतवार २१:४२

कालिकोट । जारी प्रथम कालिकोट महोत्सव २०८१ आज आइतबार समापन भएको छ । कलाकार बद्री पङ्गेनि ,धर्मराज न्यौपाने (शिशिर) ,विपना सिंह , देउडा खेलाडी देउडा सम्राट नेत्रराज शाही ,बिपना भण्डारी, पुस्पराज आचार्य , नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्ट , भानुप्रभात पाण्डे , सुनसरा शाही , यशोदा देवकोटा लगायतका स्थानीय कलाकारहरुको प्रस्तुुति रहेको थियो ।

उद्योग वाणिज्य संघ कालिकोटले आयोजना गरेको प्रथम कालिकोट महोत्सव २०८१ खाँडाचक्र नगरपालिकाको खुल्ला मञ्चमा मंसीर ११ गते उद्धघाटन गरी सबैलाई निशुल्क प्रबेश गरेर सञ्चालन गरेको हो ।

संविधान सभा सदस्य तुलाराज विष्ट प्रमुख अथिती जिल्ला समन्व समिती प्रमुख धनजित बहादुर शाही विशेष अथिती सम्पुर्ण पार्टी र जिल्ला स्थीत कार्यलयका प्रमुख तथा प्रतिनिधीहरुको अथितीमाकार्यक्रम समापन भएको छ ।

कार्यक्रम समापन गर्दै वाणिज्य संघका अध्यक्ष रतन बहादुर शाहीले महोत्सव अबधि भर कालिकोटमा कुनै शुल्क तिर्न नपर्ने गरी पहिलो पटक महोत्सव समापन भएको र महोत्सव भर सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यत  गर्नुभयो ।

Next Post

तिलागुफा - ४ को वडाध्यक्षमा नेमकिपाका शाही विजयी

१६ मंसिर २०८१, आईतवार २१:४२
कालीकोट । तिलागुफा नगरपालिका वडा ४ को वडाध्यक्षमा नेमकिपाका खडकराज शाही विजयी भएका छन् । उनले माओवादी केन्द्रकी नैशोभा शाहीलाई २८ मतान्तरले पराजित गरेका हुन् । २०७४ मा पनि वडाध्यक्ष जितेका खडक नेमकिपा जिल्ला अध्यक्षसमेत हुन् । विजयी भएका खड्कले १ सय ४३ मत पाए भने माओवादीबाट चुनाव लडेकी तत्कालीन […]