ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

  ।   १७ चैत्र २०८२, मंगलवार १६:५४

 

जुम्ला । जिल्ला तिला गाउँपालिका–५ स्थित खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तिला गाउँपालिका–५ का ५१ वर्षीय तिल रावतको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो, जहाँ उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक निर्देश बरालका अनुसार ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

स्थानीयवासीका अनुसार उक्त सडक खण्ड साँघुरो र जोखिमपूर्ण भएकाले सवारी दुर्घटनाको सम्भावना उच्च रहने गरेको छ। यस घटनाले पुनः सडक सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ।

यसैबीच, मृतकप्रति स्थानीय तह तथा समुदायले गहिरो दुःख व्यक्त गरेका छन् ।

Next Post

एक्कासी परेको असिनाले कालिकोटमा अन्नबाली सखाप

१७ चैत्र २०८२, मंगलवार १६:५४
कालिकोट । मंगलबार दिउँसो एक्कासी परेको भीषण असिनापानीले कालिकोट जिल्लाका विभिन्न स्थानका किसानहरू गम्भीर रूपमा प्रभावित भएका छन्। पाकेर भित्र्याउने तयारीमा रहेका गहुँ, जौ लगायतका मुख्य अन्नबालीमा ठूलो क्षति पुगेपछि किसानहरू मर्कामा परेका हुन्। स्थानीयका अनुसार करिब आधा घण्टाभन्दा बढी समयसम्म लगातार परेको असिनाले खेतबारी सेताम्मे बनेको थियो। असिनाको प्रहारले […]