काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
पुष्पकमल दाहाल र एकीकृत समाजवादीका नेता खनालबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको हो। भेटवार्तामा उहाँहरुबीच सुदूरपश्चिम सरकार गठन र एकीकृत समाजवादीको भूमिका तथा अन्य राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि नेपाली कांग्रेससँग मिसिएर नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गरेसँगै वर्तमान सत्तागठबन्धनमा संकट आएको हो।