जुम्ला । चैत्र २१ गते बिहान ११ बजेर ४० मिनेटको समयमा जुम्ला चन्दननाथ नगरपालिका ६ छिना स्थित सडक खण्डमा बस्ने बर्ष २२ का रबिन्द्र रोकायाले लागु औषध ९ब्राउन सुगर० साथमा बोकी हिडिरहेको छ, भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रोकायालाई फेला पारी उनको साथबाट ४ पुडिया लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको छ । फेला पारेको वस्तु नापतौल गर्दा शुद्ध दुई सय २० मिलिग्राम भएको प्रहरी नायब उपरीक्षक छेदिलाल कामतीले जानकारी दिनुभयो।
रोकायले लुकाई छिपाई राखेको छु भनि खुलाएको हुँदा पुनः उनी बस्ने गरेको घर कोठाहरु खानतलासी गर्दा २ पुडिया लुकाई छिपाई राखेको अवस्थामा फेला पारी सो पुडियाको प्लाष्टिक हटाई नापतौल गर्दा शुद्ध १एक सय ७० मिलिग्राम गरी जम्मा ३ सय ९० मिलिग्राम रितपुर्वक बरामद गरी रबिन्द्र रोकायालाई पक्राउ गरी यस कार्यालयबाट अनुसन्धान भईरहेको कामती बताउनुभयाे ।