सल्यानमा कृषि मिनी ल्याब स्थापना

  ।   ३ माघ २०८१, बिहीबार १५:२५

सल्यान । सल्यानको कपुरकोटमा कृषि मिनी ल्याब स्थापना गरिएको छ । किसानको खेतबारीको माटो परीक्षण तथा रोग किराको पहिचान गर्न कपुरकोट गाउँपालिकाले कृषि मिनी ल्याब सञ्चालनमा ल्याएको हो ।

कृषि मिनी ल्याब स्थापना भएपछि किसानलाई आफ्नो खेतबारीको माटो अनुसारको खेती गर्न र रोग किराको पहिचान गर्न सजिलो हुने छ । डिजिटल प्रविधिबाट माटो परीक्षण तथा रोग किराको पहिचानका लागि ‘मिनी ल्याब सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । माटो परीक्षण र रोग किरा पहिचानका लागि जिल्लाबाहिर जानुपर्ने कृषकको बाध्यता हटेको छ ।

कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले माटोमा कुन पदार्थ कति छ, माटोमा उर्वराशक्ति बढाउन के गर्नु पर्छ, रोग किराको उपचार कसरी गर्ने भन्नेबारे कृषि मिनी ल्याबले किसानलाई जानकारी दिन सहज हुने बताए । उहाँका अनुसार पछिल्लो समय अत्यधिक रासायनिक मल र विषादीको प्रयोगका कारण माटोको अवस्था बिग्रँदै गएको र नयाँ रोग तथा किराहरू देखा परेकाले यसलाई नियन्त्रण गर्न कृषि क्षेत्र विकास कार्यक्रम ९एएसडिपी० को सहयोगमा कृषि मिनी ल्याब स्थापना गरिएको हो ।

कृषि मिनी ल्याबमा पालिकाभित्रका किसानले निःशुल्क तथा पालिकाबाहिरका किसानले शुल्क तिरेर आफ्नो खेतबारीको माटो परीक्षण र रोग किराको पहिचान गरी उपचार विधि पत्ता लगाउन सक्ने छन् । कृषि उपज बजार सञ्चालक समिति अध्यक्ष तिलक शर्माले ल्याबसँगै रोग किरा तथा किसानको गुनासो सुनुवाइ गर्न कृषक परामर्श केन्द्रसमेत सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार किसानलाई रोग किराबारे जानकारी दिन पनि आवश्यक भएकाले ल्याबसँगै परामर्श केन्द्रको स्थापना गरिएको छ ।

Next Post

दैलेख पेट्रोलियम अन्वेषण ड्रिलिङको नमुना लिएर टोली चीन प्रस्थान

३ माघ २०८१, बिहीबार १५:२५
दैलेख । दैलेखको भैरवी गाउँपालिका–१ मा पेट्रोलियम पदार्थको अन्वेषणको ड्रिलिङ सकिएसँगै प्राप्त नमुना लिएर टोली चीन फर्किएको छ । गत वैशाख २८ बाट सुरु गरिएको ड्रिलिङबाट प्राप्त भएको नमुना एक ट्रकमा राखेर चीन फर्किएको खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ । विभागका भूगर्भविद् प्रकाश लुइटेलले चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ […]