कालिकोट । शनिवार बिहान ४:१४ बजे बाजुराको गोत्री आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको धक्का कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा महसुस गरिएको थियो। हालसम्म कुनै जनधनको क्षतिको विवरण प्राप्त भएको छैन। सुरक्षाकर्मीहरू र स्थानीय प्रशासनले सम्भावित क्षतिको आकलन गर्न कार्यरत छन्।
नेपाल भूकम्पीय दृष्टिकोणले संवेदनशील क्षेत्र भएकाले, भूकम्पको समयमा सुरक्षित स्थानमा आश्रय लिनु र आपतकालीन तयारी गर्नु आवश्यक छ।
अहिलेसम्म कुनै भौतिक तथा मानवीय क्षेती भएको सुचना प्राप्त नभएको र थप विवरण आउन बाकी रहेको छ ।