काठमाडौं / कबड्डि खेलकाे राष्ट्रिय निर्णायक तथा प्रारम्भिक प्रशिक्षक प्रशिक्षण तालिम काठमाडौं स्थित दसरथ रंगशालामा बिहिवार सम्मपन्न भएकाे छ ।
अखिल नेपाल कबड्डि संघकाेले देशभरिका स्वयंसेवक प्रशिक्षक तथा स्वयंसेवक निर्णायक लाई लक्षित गरि संचालन गरेकाे प्रारम्भिक प्रशिक्षक तथा राष्ट्रिय निर्णायक तालिममा नेपाल भरिका करिब १६० जना सहभागी रहेकाे अखिल नेपाल कबड्डि संघका सचिव तर्कराज भट्टले जानकारी दिनुभएकाे छ ।
७७ जिल्लाका १६० सहभागी
काठमाडौ स्थित दसरथ रङ्गशाला र बाेगेनबिल्ला पार्टि प्यालेसकाे हलमा भएको ७ दिने तालिममा एउटा कुशल प्रशिक्षकले प्रशिक्षण दिदा अपनाउनु पर्ने प्रक्रिया र पद्धति, अनुशासन, सन्तुलित आहार, रेफ्रीले खेल खेलाउदा ध्यान दिनुपर्ने आवश्यक सिद्धान्त र अभ्यासका बारेमा प्रशिक्षण गराईएकाे तालिमका प्रशिक्षक नेपालकाे पहिलाे कबड्डि अन्तर्राष्ट्रिय निर्णायक रमेशचन्द्र ओझाले बताउनुभएकाे छ ।
प्रशिक्षण दिँदै रमेशचन्द्र ओझा
तालिममा नेपालकाे पहिलाे अन्तर्राष्ट्रिय कबड्डि निर्णायक रमेशचन्द्र ओझा, पहिलाे महिला अन्तर्राष्ट्रिय निर्णायक रेस्मा राजबशिं,अखिल नेपाल कबड्डि संघका सचिव तर्कराज भट्टले प्रशिक्षण गर्नुभएको थियाे भने विश्व प्रसिद्ध प्राे कबड्डिका डाईरेक्टर भारतका ई प्रासद राओ, प्रो कबड्डीका निर्णायक अजित, प्रो कबड्डीकै प्रशिक्षक श्रीनिवासन रेड्डी, भारतबाट बाेलाई प्रशिक्षण दिएको र खेलसंग सम्बन्धित विभिन्न क्षेत्रका ब्यक्तिद्धारा पनि प्रशिक्षण गराईएकाे अखिल नेपाल कबड्डि संघका महासचिव अरबिन्द कुमार झाले बताउनुभएकाे छ ।
दसरथ रङ्गशालाभित्र प्रशिक्षककाे प्रशिक्षण दिँदै प्रशिक्षक
कार्यक्रमकाे समापनमा बाेल्दै प्रमुख अतिथि समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाला घिसिङले कबड्डि खेलकाे परिणाम नेपालमा राम्रो छ तर परिणाम जत्ति छ त्यति प्रख्यात हुन नसकेकाे र याे तालिममा सहभागी सम्पुर्ण प्रशिक्षक तथा निर्णायक हरुले अबका दिनमा परिणाम अनुरुप प्रख्यात बनाउन भुमिका खेल्नुपर्ने बताउनुभएकाे छ ।
खेल खेल्दा लाग्ने चाेटपटककाे बारेमा प्रशिक्षण गर्दै प्रशिक्षक