जुम्लामा भरुवा बन्दुक सहित एक जना प्रहरीकोे नियन्त्रणमा

  ।   ९ भाद्र २०८१, आईतवार २१:०७

जुम्ला । भरुवा बन्दुक सहित एक जना प्रहरीले नियन्त्रण गरेको छ । जिल्लाको गुठिचौर गाउँपालिका १ घर भई हाल पातारासी गाउँपालिका ५ को लासी बजारमा ब्यवसाय गर्दै आएका अन्दाजी २३ वर्षीय सुर्य बहादुर महतारालाई एक नाले भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।

महताराले अवैध रुपमा हातहतियार लुकाई छिपाई गरेर राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार साँझ बरिब ६ः३० बजे गुठिचौर गाउँपालिका १ मा अवस्थित मौरे लेकमा पर्ने जुम्ला देखि डोल्पा जाने कच्ची सडक खण्ड देखि करिब ५० मिटर तल पश्चिममा पर्ने भिरालो जमिनमा ढुङ्गाको ओढार भित्र प्लास्टिकको बोरामा लुकाएर राखेको अवस्थामा बन्दुकसहित महरातालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक छेदिलाल कामतीका अनुसार उक्त घटनाको म्याद थप गरेर थप अनुसन्धान भईरहेको बताउनुभयो ।

Next Post

आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै

९ भाद्र २०८१, आईतवार २१:०७
वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज सोमबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष […]