कालिकोट । कालिकोटमा भोलि देखि आइ. पि .भी . पोलियो खोप अभियान संचालन हुने भएको छ । पोलियो रोग उन्मुलन गर्ने उद्धेश्यका साथ ५ वर्ष देखि ८ वर्ष उमेर समुहका बालबालिकाहरुलाई जेष्ठ १३ देखि जेठ १९ गते सम्म दुई चरणमा खोप अभियान संचालन हुने भयको हो ।
स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतका अनुसार जेष्ठ १३ देखि १५ गतेसम्म पहिलो चरण र १७ गते देखि १९ गतेसम्म दोस्रो चरणमा गरि २ चरणमा खोप अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा खाँडाचक्र नगरपालिका, पलाता गाउँपालिका, नरहरीनाथ गाउँपालिका, महावै गाउँपालिका, तिलागुफा नगरपालिका र पचालझरना गाउँपालिकामा खोप सञ्चालन गरिनेछ ।
द्रोसो चरणमा बाँकि ३ पालिका रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, र शुभकालिका गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने उहाँले बताउनु भयो । खोप संचालनको लागि जिल्लाका ९ वटा पालिकाका विभिन्न स्थानमा २ सय २० वटा भन्दा बढी खोप केन्द्र तोकिएको छ ।
सरकारले आउदो आइतवारबाट देशभर आइ.पि.भी .पोलियो खोप अभियान संचालन गर्ने निर्णय गरेसँगै अभियान सफलतापूर्वक सम्पन्न गर्न स्वास्थ्य सेवा कार्यालय कालिकोटले आवश्यक तयारी थालेको छ ।
स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक डाक्टर संकेत विश्वकर्माले पोलियोमाइलाइटिस फलियो राईरसबाट हुने संक्रमक रोग भएको र यो रोग लागेमा पक्षघात भई मृत्यु समेत हुन सक्ने भएकाले आफ्ना नानी वावुहरुलाई अनिवार्य खोप लगाउन पनि अभिभावकलाई अनुरोध गर्नुभएको छ । नेपालबाट सन् २०२६ सम्म पोलियोरोग निर्मुल गर्ने लक्ष्यका साथ राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन हुँदैछ ।