पाथिभरा माता भनेर चिनाउने समीर थापा पुर्पक्षका लागि थुनामा

  ।   ९ भाद्र २०८३, मंगलवार २१:२८

सुर्खेत । पाथिभरा माता भनेर चिनाउँदै झारफुक तथा हेराई–मनाई गर्ने बहानामा महिलामाथि अमानवीय व्यवहार तथा कुटपिट गरेको आरोप लागेका सुर्खेतका समीर थापा लाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

मंगलबार न्यायाधीश तीर्थराज भट्टको एकल इजलास ले थापालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। घटनाको भिडियो खिच्ने अर्का व्यक्तिलाई भने ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वलदेव रावल ले जानकारी दिए।

झारफुक तथा हेराई–मनाई गर्ने क्रममा महिलामाथि गरिएको भनिएको अमानवीय व्यवहार र कुटपिटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो।

भिडियो सार्वजनिक भएपछि सुर्खेत प्रहरीले अनुसन्धान अघि बढाउँदै  साउन १३ गते वीरेन्द्रनगरको एरिचोकबाट २४ वर्षीय समीर थापालाई पक्राउ  गरेको थियो।

प्रहरी अनुसन्धानपछि थापाविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको थियो। अदालतको आदेशसँगै उनी अब मुद्दाको अन्तिम फैसला नभएसम्म पुर्पक्षका लागि कारागारमा रहनेछन्।

घटनाले झारफुक, अन्धविश्वास तथा धार्मिक आस्थाका नाममा हुने भनिएका अमानवीय गतिविधिप्रति समेत गम्भीर प्रश्न उठाएको छ। पीडितमाथि हुने कुनै पनि प्रकारको हिंसा र दुर्व्यवहारविरुद्ध कानुनी कारबाही आवश्यक रहेको सरोकारवालाहरूले बताउँदै आएका छन्।

Next Post

रसुवाको भीषण बाढी १७ जनाको मृत्यु पुष्टि, ४०३ सम्पर्कविहीन: उद्धार र खोजी तीव्र

९ भाद्र २०८३, मंगलवार २१:२८
काठमाडौं । रसुवामा बुधवार बिहान आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति पुगेको आशङ्का गरिएको छ। दिउँसो ३ बजेसम्मको विवरणअनुसार कम्तीमा १७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने बाढीबाट प्रभावित क्षेत्रको विस्तृत क्षतिको विवरण आउन बाँकी रहेको छ। भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको असामान्य बाढीले रसुवा मात्र नभई नुवाकोट, धादिङ, गोरखा […]

सम्बन्धित शीर्षक