जुम्ला । सिञ्जा क्षेत्रका तीन पालीकाका जनतालाई सेवा दिन सिञ्जा क्षेत्रमा पनि मालपोत र नापी कार्यालयको स्थापना भइ आज उद्घाटन सम्पन्न भएको छ । संघीय भूमि व्यवस्था तथ गरिबी निवारण मन्त्री बलमराम अधिकारीद्वारा सिञ्जामा स्थापना भएको मालपोत र नापी कार्यालयको उद्घाटन भएको हो ।
आज सिञ्जा गाउँपालिकाको नराकोटमा तथा सिञ्जा क्षेत्रको केन्द्रविन्दुमा स्थापना भएको मालपोत तथा नापी कार्यालयको भब्य कार्यक्रमका बीचमा सम्पन्न भएको छ । कार्यालय उद्घाटन कार्यक्रममा सिञ्जा क्षेत्रका विविध सांस्कृतिक पहिचान झल्काउने देउडा,मागल,पञ्चबाजा र अन्य थुप्रै किसिममा संस्कृतिहरुको प्रदर्शन समेत गरिएको छ ।
भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भने सिञ्जामा मालपोत र नापी कार्यालयको स्थापना हुनु भनेको संघीयताको ठूलो उपलब्धि हो,यो व्यवस्था नै उत्तम र सर्वोत्कृष्ट व्यवस्था हो । त्यस्तै सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्ण धितालका अनुसार सिञ्जा क्षेत्रमा यो उपलब्धि हुनु भनेको गौरवमय कुरा हो,सिञ्जाको जित भएको छ आज सिञ्जा बासीको लागि खुसीको दिन हो । अब सिंहदरबारबाट सिञ्जा अपहेलित छैन भन्ने महसुस भएको छु उनले भने ।
सिञ्जामा मालपोत कार्यालयको स्थापना भएसँगै अब जिल्ला सदरमुकाम खलंगा गएर सिञ्जा बासीले भोग्दै आएको सास्ती भने अन्त्य भएको छ ।