अछाममा मरेको कुखुराको मासु खादा १ जनाको मृत्यु , ३ बिरामी

  ।   १५ पुष २०८१, सोमबार ०८:४०
साकेंतिक तस्बिर

अछाम । अछाममा मरेको कुखुराको मासु खाएपछि बिरामी भएका एक किशोरको मृत्यु भएको छ । परिवारका अन्य तीनजना सदस्य बिरामी भएका छन् ।

मृत्यु हुनेमा कमलबजार नगरपालिका(३ बयलाका १५ वर्षीय कमल बिकको आइतबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बिकले शुक्रबार स्थानीय मासु पसलबाट मरेको कुखुराको मासु ल्याएर खाएका थिए । कुखुराको मासु खाने मृतककी हजुरआमा ७० वर्षीय नाम बिक, उनकी १४ वर्षीय नातिनी सीता बिक र नाति ९ वर्षीय विकास बिक पनि बिरामी भएका हुन । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि अनुसन्धानका लागि प्रहरीले मासु पसललेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जनाएको छ।

Next Post

खच्चड फसेको कर्णाली नदीको झोलुङ्गे पुल अझै मर्मत हुन सकेन

१५ पुष २०८१, सोमबार ०८:४०
दैलेख । पुलको लट्ठा चुँडिएर खच्चड फसेको कर्णाली नदीको झोलुङ्गे पुल अझै मर्मत हुन सकेको सकिरहेको छैन् । पुल मर्मत नहुँदा स्थानीय जोखिमपूर्ण अवस्थाबाट ओहोरदोहोर गर्न बाध्य भएका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–९ र दैलेखको आठबिस नगरपालिका–४, खिड्कीजिउला जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा गत जेठ २७ गते १४ वटा खच्चड […]