कक्षा १२ को ग्रेडवृद्धि नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण

  ।   ४ कार्तिक २०८१, आईतवार १७:१९

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सावजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा) मा एक लाख २२ हजार एक सय ७१ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा सहभागी परीक्षार्थीमध्ये ८६ हजार दुई सय ४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्तगरी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

परीक्षामा दुई जनाको नतिजा रद्द गर्नुका साथै तीन जनाको परीक्षा स्थगित भएको थियो । सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहनेले १५ दिनभित्र आवेदन दिनसक्ने बोर्डले जनाएको छ ।

Next Post

रुकुमपश्चिममा ढुङ्गाले च्यापिएर एक बालकको मृत्यु

४ कार्तिक २०८१, आईतवार १७:१९
सुर्खेत । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–५ स्थित छारखोलामा एक बालकको मृत्यु भएको छ । डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबारा निवासी वीरचन्द्र डाँगीको छोरा ८ वर्षीय संस्कार डाँगीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार बाँफीकोट गाउँपालिका –५ स्थित छारखोलामा शनिबार खेल्न गएका बालक डाँगीको खोलामै […]

सम्बन्धित शीर्षक