वीरेन्द्रनगरले ल्यायो आगामी आर्थिक वर्षका लागी ३ अर्ब ५९ करोड १८ लाख बराबरको बजेट

  ।   ११ असार २०८१, सोमबार १८:४२

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागी ३ अर्ब ५९ करोड १८ लाख ६८ हजार ९९९ रुपैयाँ बराबरको बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्ष २०८१ को भन्दा बढी हो । चालु आर्थिक वर्ष २०८१ मा ३ अर्ब २ करोड ६१ लाख बराबरको बजेट ल्याएको थियो ।

नगरपालिकाका नगरउपप्रमुख निलकण्ठ खनालले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको कुल बजेटमध्ये १ अर्ब ७५ करोड ७३ लाख ६८ हजार अर्थात ७८.९३ प्रतिशत चालुतर्फ विनियोजन गरिएको छ भने १ अर्ब ८३ करोड ४५ लाख अर्थात ५१.०७ प्रतिशत रकम पुँजीगत छुट्याइएको छ ।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये सङ्घीय वित्तीय सामानीकरण अनुदान २४ करोड १२ लाख, सर्शत अनुदान १ अर्व ६९ करोड २८ लाख ५१ हजार ३६, सङ्घीय राजश्व बाँडफाँड १८ करोड ९८ लाख८१ हजार ९०,सङ्घीयसरकार विशेष अनुदान पूँजीगत रु. १ करोड ५० लाख, सङ्घीय सरकार समपूरक अनुदान पूँजीगत रु. १ करोड, सङ्घीय सरकार रोयल्टी रु. ८ लाख १८ हजार८ सय ७३ र प्रदेश सरकार वित्तीय समानीकरण अनुदान रु। २ करोड ९९ लाख १४ हजार रहेको छ ।

यस्तै प्रदेश सशर्त अनुदान रु.२८ करोड १३ लाख ३८ हजार, प्रदेश राजश्वव बाँडफाँड रु।६४ लाख ७५ हजार १ सय ४८, घर, जग्गा, रजिष्टेशन तथा मनोरञ्जनबाट रु.१४ करोड ३६ लाख ५८ हजार ८ सय ५२ र दहत्तर वहत्तर शुल्क रु. २ करोड ५० लाख अनुमान गरिएको छ । यस्तै नगरपालिकाको आन्तरिक आय रु।३६ करोड ८३ लाख ४ हजार हुने अनुमान गरिएको छ भने चालु आर्थिक वर्षमा खर्च नभई मौज्दात रहने रकम बाट रु. १८ करोड ७४ लाख २८ हजार रहेको छ । यस्तै सामाजिक सुरक्षा अनुदानबाट रु. ४० करोड रकम पाइने अनुमान गरिएको छ । नगर उपप्रमुख निलकण्ठ खनालले आगामी आर्थिक वर्षमा तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि रु. ३१ करोड ५० लाख विनियोजन गरेका छन् ।

कुन शीर्षकमा कति बजेट  खानेपानी, सुशासन तथा पूर्वाधार प्रवर्धन कार्यक्रम म्याचिङ्ग फण्ड (भेरी पम्पिङ्ग आयोजना)सञ्चालन व्यवस्थापन एवम् सहकार्यका लागि १० करोड ,वडास्तरीय योजना तथा कार्यक्रमका लागि १७ करोड २० लाख ,मेयरसंग महिला किसान कार्यक्रमका लागि  १ करोड ६०लाख ,वडास्तरीय नगर गौरव आयोजनाका लागि  ८ करोड ,कृषि विकास कार्यक्रम तर्फ ५६ लाख ५० हजार ,पशुपन्छी विकास कार्यक्रमतर्फ रु।४५ लाख ६० हजार ,उद्यम सहकारी तथा उपभोक्ता हिततर्फ ६१ लाख ५० हजार ,जनस्वास्थ्य प्रवर्धन तथा नगर अस्पताल तर्फ ४ करोड ५ लाख ५८ हजार , महिला, बालबालिका, जेष्ठनागरिक,अपाङ्ग लगायत अन्य लक्षित वर्गतर्फ  १ करोड १६ लाख ३० हजार ,शिक्षा,युवा तथा खेलकुदतर्फ७ करोड ९० लाख ६७ हजार ,वन, वातावरण, फोहरमैला तथा विपदव्यवस्थापन तर्फ२ करोड ६४ लाख २० हजार ,सार्वजनिक सेवा तथा सुशासनतर्फ २ करोड १७ लाख ४५ हजार ,नगर स्तरीय विविध पूर्वाधार विकास तर्फ२५ करोड ८५ लाख ५० हजार गरी  ३ अर्ब ५९ करोड १८ लाख ६८ हजार ९९९ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

 

Next Post

सामाजिक सवालहरुमा जनचेतनामुलक कार्यक्रम मान्ममा सम्पन्न

११ असार २०८१, सोमबार १८:४२
कालिकोट / सामाजिक सवालहरुमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सोसेक नेपालको आयोजनामा खाँडाचक्र नगरपालिकाको समन्वय र एइआएनको आर्थिक सहयोगमा उक्त कार्यक्रम १ नम्बर वडा कार्ययलयको सभाहलमा सम्पन्न भएको हो । खाँडाचक्र नगरपालिका १ देखी ५ नम्बर वडामा सोसेक नेपाल द्वारा गठित युवा संजाल ,महिला संजाल र बाल क्लबबाट प्रत्येक […]

सम्बन्धित शीर्षक